१९ असोज २०७९
मैथिली म्युजिक भिडियो ‘पिया परदेशिया’ प्रेम दिवसका दिन रिलिज गरिने
February 12, 2022
6:21 pm

विराटनगर २९ माघ । १४ फरबरी विश्वभरि प्रेम दिवसकारुपमा मनाईन्छ । यसै बिशेष दिनलाई सन्दर्भ पारेर मैथिली अनलाइनले नयाँ म्युजिक भिडियो सार्वजनिक गर्न लागेको छ । प्रेम दिवसको सन्दर्भ पारेर आउदो सोमबार मैथिली अनलाइनले ‘हे यौ पिया परदेशिया, किए नै अबैछी’ बोलको गीत सार्वजनिक गर्न लागेको छ ।

१४ फरबरी साँझ साढे ६ बजे मैथिली अनलाइनको युट्युब चैनलमा यो गीति भिडियो सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । रोजगारकालागि बिदेश गएका प्रियतमको पर्खाइमा स्वदेशमा रहेकि प्रेयसीको गीतात्मक भावना यो गीतमा समेटिएको छ । संगिता कर्णको शब्द रचना रहेको यो गितमा सुधिर शाहीले संगित भरेका छन भने स्वर अनु चौधरीको छ । यो गीतको भिडियोबाट विराटनगरका आशिष आर्यनले मैथिली सिनेक्षेत्रमा पदार्पण गरेका छन भने उनको प्रेयसिको भुमिका नेपाली तथा मैथिली सिनेक्षेत्रकी चर्चित अभिनेत्री अनु तामाङले निर्वाह गरेकी छिन । गीतमा ग्रामिण परिवेशको भावना समेटिएका कारण मोरङ कटहरी गाउँपालिकाको खोरियाको ग्रामिण बस्ती र खेतबारीहरुमा यो गीतको छायांकन गरिएको हो ।


राजु राजदेव चौधरीको निर्देशन रहेको यो गीतमा आर के पाण्डले कोरियोग्राफि गरेका छन । गितको छांयांकन गणेश मण्डल र मोहनलाल दासले गरेका छन भने निरज चौधरीले सम्पादन गरेका छन । मैथिली अनलाइनले यतिखेर आधा दर्जन गीतहरुको म्युजिक भिडियोको निर्माण कार्य गरिरहेको छ । भाषाको मौलिकता जोगाईराख्न अनलाइनले मैथिली भाषाका स्थापित र चर्चित साहित्यकारहरुको रचना समेटेर गिती भिडियोको निर्माण गरिरहेको मैथिली अनलाइनका अध्यक्ष नवीन कर्णले बताउनुभयो ।

आउदा दिनहरुमा क्रमिकरुपले मैथिली अनलाइनको युट्युब च्यानलमा गीति भिडियाहरु सार्वजनिक गर्दै जाने कर्णले जानकारी दिनुभयो ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net