०९ जेठ २०७९
प्रदेश १ को मन्त्रिपरिषद बिस्तार
February 6, 2022
7:31 pm

विराटनगर २३ माघ । प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीपरिषद बिस्तार गर्नुभएको छ । मुख्यमन्त्री राईले ८ जना मन्त्री थपगर्दै मन्त्री परिषद बिस्तार गर्नुभएको हो । यो संगै प्रदेश एकमा मन्त्री परिषदको सदस्य संख्या १४ पुगेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नियुक्तिको तीन महिनापछि मन्त्रिपरिषद बिस्तार गर्नुभएको हो ।

पाँच दलीय गठबन्धनको प्रदेश एक सरकारमा नेपाली कांग्रेसबाट पाँच, नेकपा एसबाट चार, माओवादी केन्द्रबाट तीन र जसपाबाट एक जना मन्त्री छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना राज्यमन्त्री छन् । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सरकारको सिफारिसमा आइतबार मौजुदा मन्त्रिपरिषदका आठ मन्त्री नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको हो ।
बिस्तारित मन्त्रि परिषदमा रामकुमार राई, राजन राई, खिनु लङ्वा लिम्वु, झलकबहादुर मगर, शेखरचन्द्र थापा, ओमप्रकाश सरावगी, प्रताप प्रकाश हाङगाम, तथा उपेन्द्रप्रसाद घिमिरेले मन्त्रीकोरुपमा पद तथा गोपनियनताको शपथ ग्रहण गर्नुभएको छ ।

बिस्तार र जिम्मेबारी हेरफेरसंगै प्रदेश एकको मन्त्रिपरिषदको जिम्मेबारी यसप्रकार छ ।
राजेन्द्र राई – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
ईन्द्रबहादुर आङ्बो –मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
हिमाल कार्की – मन्त्री,सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय
केदार कार्की – मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
जयराम यादव – मन्त्री,स्वास्थ्य मन्त्रालय
रामकुमार राई – मन्त्री, खानेपानी सिँचाइ तथा उर्जा मन्त्रालय
राजन राई – मन्त्री, सामाजिक विकास मन्त्रालय
खिनु लङ्वा लिम्बू – मन्त्री, पर्यटन तथा संस्कृति मन्त्रालय
झलकबहादुर मगर – मन्त्री, कृषि मन्त्रालय
शेखरचन्द्र थापा – मन्त्री, वन वातावरण तथा भू–संरक्षण मन्त्रालय
ओमप्रकाश सरावगी – मन्त्री, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय
प्रताप प्रकाश हाङ्गाम – मन्त्री, उद्योग श्रम तथा रोजगार मन्त्रालय
उपेन्द्र प्रसाद घिमिरे – मन्त्री, यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय
विष्णु तुम्बाहाम्फे – राज्यमन्त्री,सामाजिक विकास मन्त्रालय

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net