१९ असोज २०७९
प्रदेश एकमा ३३७ जनामा कोरोना संक्रमण
February 4, 2022
5:19 pm

विराटनगर, २१ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण भएको छ । ७२४ जनाको पीसीआर परीक्षण गर्दा २२१ र ४९४ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ४९, झापामा ३१, उदयपुरमा ७, धनकुटामा २, संखुवासभा, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७५, सुन्दरहरैचामा ८, बुढीगंगामा ५, उर्लाबारीमा ४, पथरीशनिश्चरे, बेलबारी र रतुवामाईमा ३–३, लेटाङ , कानेपोखरी र स्थानीय तह नखुलेका २–२, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १–१, सुनसरीको इटहरीमा १६, धरानमा १२, रामधुनीमा ४, इनरुवा, बराहक्षेत्र, बर्जु र दुहवीमा ३–३, हरिनगर, गढी र देवानगञ्जमा १–१ जनामा संक्रमण देखिएको हो ।

यस्तै झापाको भद्रपुरमा ५, अर्जुनधारामा ४, बाहृदशी, विर्तामोड, दमक, मेचीनगर र कमल गाउँपालिकामा ३–३, शिवसताक्षी र कनकाईमा २–२, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १–१, उदयपुरको चौदण्डीगढीमा २, कटारी, त्रियुगा, उदयपुरगढी, बेलका तथा स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा २–२, संखुवासभाको खाँदबारी, पाँचथरको फिदिम, भोजपुरको हतुवागढी र खोटाङको दिप्रुङमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ८४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३७३ महिला र ४७३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेका छन् ।

सक्रिय संक्रमितको संख्या ४ हजार ७७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net