०९ जेठ २०७९
प्रदेश १ मा २ सय ६८ जनामा कोरोना संक्रमण
February 3, 2022
5:10 pm

विराटनगर, २० माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय ६८ जनामा कोरोना संक्रमण भएको छ । ३ सय ५४ जनाको पिसिआर परीक्षणगर्दा १ सय ३१ र ५ सय ५७ जनाको एन्टिजेन परीक्षणगर्दा १ सय ३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम र उदयपुरमा २–२, ताप्लेजुङ, सोलुखुम्वु, संखुवासभा, तेहृथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा २७, बेलबारीमा ६, पथरीशनिश्चरे, उर्लाबारी र सुन्दरहरैचामा ५–५, रतुवामाईमा २, कानेपोखरी, सुनबर्षी र ग्रामथानमा १–१, झापाको विर्तामोडमा ८, दमकमा ७, कनकाईमा ५, मेचीनगरमा ४, अर्जुनधारा, हल्दिबारी, बुद्धशान्ति, बाहृदशी र कमल गाउँपालिकामा २, गौरीगञ्ज, भद्रपुर र झापा गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै सुनसरीको इटहरीमा ११, बराहक्षेत्रमा २, धरान, बर्जु, गढी, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१, इलामको इलाम नगरपालिका र सुर्योदयमा १–१, उदयपुरको चौदण्डीगढी र त्रियुगामा १–१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै ताप्लेजुङको फुङलिङ, सोलुखुम्वको सोलुदुधकुण्ड, संखुवासभाको खाँदबारी, तेहृथुमको मेन्छेयायेम र खोटाङको केपिलसगढीमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ४२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १ सय ९९ महिला र २ सय २७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् ।

प्रदेश १मा सक्रिय संक्रमितकोे संख्या ४ हजार ७ सय ०५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net