१९ असोज २०७९
बर्जु महोत्सव आयोजक समितिले बेहोर्नुप-यो ६० लाख
February 1, 2022
5:20 pm

विराटनगर १८ माघ भारतिय सिने कलाकार खेसारीलालको कार्यक्रममा तोडफोड र आगजनी घटनामा आयोजक समितिले ६० लाख रकम बेहोर्नुपर्ने भएको छ । कार्यक्रममा भएको तोडफोड र आगजनीमा क्षति पुगेका कालाकार,साउण्ड सिस्टम तथा स्टेजबालालाई क्षतिपुर्तिस्वरुप आयोजक समितिले ६० लाख रुपैया भपाई गर्नुपर्ने भएको हो । .

घटनापछि सुनसरी प्रशासनले साहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको नेतृत्वमा ५ सदस्यिय छानबीन समिति गठन गरेको थियो । सो समितिले समेत सुनसरी प्रशासनलाई प्रतिवेदन बुझाइसकेको छ । घटनापछि माघ १० गते स्थानिय प्रशासन,भारतीय अभिनेता खेसारीलालका प्रतिनिधिसहित,जनप्रतिनिधि र अन्य सरोकारवालाको उपस्थितिमा आयोजक समितिले क्षतिस्वरुप विभिन्न पक्षलाइ ६० लाख रुपैया बेहोर्ने लिखित सम्झौता भएको छ । सम्झौता अनुसार आयोजक समितिले भारतीय नायक खेसारीलाललाई साढे २२ लाख भारु अर्थात नेपाली रुपैया ३६ लाख बेहोर्नुपर्ने सहमति भएको बर्जु महोत्सव आयोजक समितिका अध्यक्ष श्रवण चौधरीले जानकारी दिनुभयो ।

 

यस्तै कार्यक्रमस्थलमा साउण्ड सिस्टममा क्षति बेहोरेका विराटनगरका समिम मियाँलाई १५ लाख,टेन्टवालालाई कुर्सीको तोडफोड वापत ६ लाखससहित अन्यलाई ३ लाख समेत गरेर अयाोजक समितिले सो घटनामा भएको क्षतिबापत ६० लाख रकम बेहोर्नुपर्ने भएको हो ।
माघ ४ गते मध्यदिनमा भएको सो घटनामा भारतीय अभिनेता खेसारीलालको भारतीय नम्बर प्लेटको ४ वटा गाडी सहित सांगितिक उपकरणहरुमा समेत क्षति पुगेको थियो । अभिनेता खेसारीलालले सो घटनामा आफ्नो १ करोड १५ लाख भारु मुल्य बराबरको सम्पति क्षति भएको भन्दै प्रहरीलाई निवेदन दिएका थिए । कार्यक्रममा खेसारीलाल नआएको भन्दै उत्तेजित दर्शकको समुहले बर्जुको सो घटनामा तोडफोड र आगजनी गरेका थिए । यद्यपि सो घटना भएको राति विराटनगरमा रहेका खेसारीलालले पत्रकारसम्मेलनगर्दै आफु सम्झौता अनुसार विराटनगर आएपनि आयोजक समितिकै लापरवाहीका कारण कार्यक्रमस्थल पुग्न नसकेको दाबी गरेका थिए ।


कोरोनाको संक्रमण उक्लिदै गएको बेला सुनसरी प्रशासनले कार्यक्रम स्थगनगर्न लिखित पत्राचार गर्दा समेत आयोजक समितिले अटेर गरेर भीडभाडगरि कार्यक्रम संचालनगर्ने प्रयास गरेको थियो । अभिनेता खेसारीलाल आउने भन्दै आयोजक समितिले टिकट बिक्री गरेपनि कार्यक्रम रद्ध गरिएको भन्दै प्रहरीले खेसारीलाललाई विराटनगरबाट कार्यक्रस्थलमा जान रोकेको थियो ।

हजारौं दर्शक कार्यक्रममा जुटेको बेला खेसारीलाल नआउने प्रचार भएपछि आक्रोशित दर्शकले तोडफोड र आगजनी गरेका थिए ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net