०९ जेठ २०७९
‘बिदेश हम जाएब कमाएला रुपैया, हिराके हार लेने अएबौ गे गोरिया’
नवीन कर्ण
January 26, 2022
11:08 am

विराटनगर १२ माघ । रोजगारीकालागि बिदेश जानलागेका यूवा वीरेन्द्र रातोसर्ट र कालो पैन्टमा सजिएर कोठाबाट आंगनमा निस्कन्छन । उनि संगसंगै उनकी श्रीमति समेत न्याउरो अनुहार लगाएर एउटा झोला हातमा लिएर निस्किन्छिन ।

आँगनमा मलिनो अनुहार लिएर उभिएका बृद्ध बाबुआमाले वीरेन्द्रलाई दहि,अबिर र अक्षताको टिका लगाईदिएर सयपत्री फुलको माला लगाई दिन्छन । वीरेन्द्रले बाबुआमाको चरण स्पर्श गर्छन र बाबुलाई अंगाल्छन । बृद्धबाबु र वीरेन्द्र दुवैको आँखा रसाउछ । लगत्तै श्रीमतिको हातबाट झोला थुतेर वीरेन्द्र गोबरले लिपिएको आँगनबाट बाहिरिन्छन । बाध्यताबश रोजगारीकालागि बिदेश जान लागेका वीरेन्द्रले झोला थुतेर आँगनबाट बाहिरिंदा श्रीमतिले अब मन थाम्न सक्दिनन उनि थच्चक्क आँगनमै बस्छिन र भक्कानिन्छिन । यत्तिकैमा निर्देशक राजु राजदेव चौधरीले ‘ओके कट’ भन्छन ।

यो मार्मिक दृष्य तराईमधेशका प्रत्येक गाउँहरुमा देखिने पछिल्लो दृष्य हो । परिवारको उज्जवल भविष्यकानिम्ति तथा साहु–महाजनको ऋणतिर्न बर्षेनी हजारौं यूवाहरुले आफ्नो खुशी र दाम्पत्य जीवनलाई तिलाञ्जली दिंदै खाडी लगायतका मुलुकमा बिदेशिने गरेका छन । यूवाहरुको यस्तै बाध्यता र अवस्थालाई मार्मिक चित्रण गरिएको मैथिली भाषाको गीतको यतिखेर भिडियो निर्माण हुँदैछ । मैथिली अनलालाइनको प्रस्तुति रहेको संदेश मुलक यो गीति भिडियोको विराटनगरकै मिथिलेश्वरी मिडिया प्रालिले निर्माण गरिरहेको छ । कर्ण संजयको शब्द रहेको यो गीतमा प्रबलदिप विश्वास,प्रज्वल कर्ण र अनुचौधरीले स्वर दिएका छन । गीतमा संगितपनि प्रबलदिपले नै भरेका छन । भिडियोमा भने बहुमुखी प्रतिभाका धनि यूवा पत्रकार वीरेन्द्र साह र लजिना सुवेदी लगायतका कलाकारहरुले अभिनय गरेका छन । गीतमा बिदेशिनुपरेका युवाहरुको पारिवारिक तथा समाजिक बाध्यता र अवस्था समेटिएको छ भने स्वदेशमै पौरख गरेर आयआर्जनगर्न सकिन्छ भन्ने संदेश दिन खोजिएको मिथिलेश्वरी मिडिया प्रालिका अध्यक्ष नवीन कर्णले बताउनुभयो ।

बाध्यताबश यूवाहरु बिदेशिनु परेपछि स्वदेशमा रहेका उनिहरुका प्रेयसिहरुको मनोभाव र पीडा समेटेर मैथिली भाषाकै अर्को गीतको समेत छांयांकन पुरा भएको छ । ‘हे यौ पिया परेदशिया किए नै अबैछी’ बोलको यो गीतमा संगिता कर्णको शब्द छ भने संगित प्रबलदिपको । यो गीतमा समेत अनु चौधरीले स्वर दिएकी छिन । बिदेश गएका यूवाहरुका प्रेयसीको चिन्ता र पर्खाइको ब्याकुलतालाई मार्मिकरुपमा यो गीतमा समेटिएको छ । यो गीतबाट नवोदित कलाकारकारुमा विराटनगरका आशिष आर्यनले सिने क्षेत्रमा पदार्पण गरेका छन भने उनको प्रेयसीको भुमिकामा पोख्त अभिनेत्री अनु तामाङले अभिनय गरेकी छिन ।

यूवाहरुको प्रेमिल प्रसंगलाई नै लक्षित गरेर मिथिलेश्वरी मिडिया र मैथिली अनलाइनले निर्माण गरिरहेको अर्को गीत हो ‘दिल ल’ गेलै दिलबर, रुमाल द’ गेलै’ मैथिली भाषाका चर्चित साहित्यकार रा.ना. सुधाकरको शब्द रहेको यो गीतमा प्रबलदिपको संगित छ । गीतमा प्रबलदिप विश्वास र अनु चौधरीले स्वर दिएका छन । यो गीतको भिडियोमा मैथिली सिने क्षेत्रका स्थापित कालाकाहरु लक्ष्मण मण्डल र अंजली चौधरीले अभिनय गरेका छन । यतिखेर भिडियो गीतहरुको छायांकन सकिएर सम्पादनको काम भइरहेको निर्माण पक्षले जनाएको छ । सबै गीतहरुको निर्देशन मैथिली सिने क्षेत्रमा स्थापित कुशल निर्देशक राजु राजदेव चौधरीले गरेका छन भने सम्पादन निरज थारुले गरिरहेका छन ।

अस्कर कलेज काठमाण्डौबाट निर्देशनको शिक्षा लिएका निर्देशक चौधरीले हालसम्म बिभिन्न भाषाका ६ सय बढी म्युजिक भिडियो १ दर्जन बढी सिनेमाहरुको निर्देशन गरिसकेका छन । म्युजिक भिडियोमा आर के पाण्डेको कोरियोग्राफी छ भने छायांकन गणेश मण्डल र मोहनलाल दासले गरेका छन ।

आउदो केहि दिनभित्रै सार्वजनिक कार्यक्रम गरेर मैथिली अनलाइनको आधिकारिक यूट्युब च्यानल मार्फत गीतहरु सार्वजनिक गरिने मैथिली अनलाइनका प्रबन्ध निर्देशक पंकज बर्माले जानकारी दिनुभयो । भाषा उत्थान,स्वच्छ मनोरंजन तथा गीतसंगित मार्फत संदेश दिने उद्धेश्यले गीति भिडियो निर्माण गरिएको बर्माले बताउनुभयो । यो म्युजिक भिडियोमा ‘बिराट टाईम्स’ मिडिया पार्टनरकोरुपमा रहेको छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net