०९ जेठ २०७९
कटहरी गाउँपालिकाका २ हजार जेष्ठ नागरीकलाई न्यानो लुगा
नवीन कर्ण
January 25, 2022
3:14 pm

कटहरी ११ माघ । कटहरी गाउँपालिकाले झण्डै २ हजार जेष्ठ नागरीकहरुलाई न्यानो लुगा वितरण कार्य शुरु गरेको छ ।गाँउपालिकाले पालिकाभित्रका सबै वडाका जेष्ठहरु छनौटगरि न्यानो कम्मल वितरण कार्य शुरु गरेको छ ।

कार्यक्रमको पहलोदिन वडानम्बर ३ मा कम्मल वितरण गरिएको छ । वडानम्बर ३ कार्यालयमा आज आयोजित कार्यक्रमकाबीच कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामत,उपप्रमुख मञ्जिता सरदार,प्रमुख प्रशासकिय अधिकृत रोहिणी आचार्य र वडानम्बर ३ का वडाध्यक्ष जदुलाल कामतले जेष्ठ नागरीकहरुलाई कम्मल हस्तान्तरण गर्नुभयो । जेष्ठ नागरीकहरुलाई चिसोले अपठ्यारो पार्ने अवस्था सृजना भएपछि वडाभित्रका १ सय ९५ जना जेष्ठ नागरीकहरुलाई कम्मल वितरण गरिएको वडानम्बर ३ वडाध्यक्ष जदुलाल कामतले जानकारी दिनुभयो । क्रमिकरुपमा पालिकाका अन्य वडाहरुमा समेत कम्मल वितरण गरिने जनाइएको छ ।

चिसो बढदै गएर नागरीकस्तरबाटै न्यानो लुगा वितरण गर्नुपर्ने माग आएपछि पालिकाका सबै वडालाई समेटेर कम्मल वितरण कार्य शुरु गरिएको गाउँपालिका प्रमुख रामकुमार कामतले बताउनुभयो । सो क्रममा कटहरीको वडानम्बर १ का २ सय १४ जनालाई,वडानम्बर २ का २ सय ५९ र वडानम्बर ४ का ३ सय २० जनालाई कम्मल वितरण गर्ने तयारी गरिएको छ ।

यस्तै वडानम्बर ५ का २ सय ४२,वडानम्बर ६ का ४ सय ९० र वडानम्बर ७ का २ सय ६४ जनालाई कम्मल वितरण गरिने जनाइएको छ । कम्मल वितरण कार्यक्रममा पालिका भित्रका ७० बर्ष माथिका साथै दलित समुदायबाट ६० बर्षमाथिका १ हजार ९ सय ९४ जना जेष्ठ नागरीकहरुलाई समेटिएको कटहरी गाउँपालिकाले जनाएको छ ।

 

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net