१९ असोज २०७९
थारु अगुवा भन्छन ‘संस्कृति जोगाउन एकरुपता आवश्यक’
नवीन कर्ण
January 22, 2022
7:10 pm

थारु संस्कृति जोगाउन एकरुपता आवश्यक रहेको थारु अगुवाहरुले बताएका छन । थारु कल्याणकारिणी सभा मोरङ र थारु हेल्पिङ ह्याण्डसले आज विराटनगरमा आयोजना गरेको माघी महोत्सव २०७८ कार्यक्रमकाबीच बोल्ने वक्ताहरुले यस्तो बताएका हुन ।

थारु सामुदायिक भवन पुष्पलाल चोकमा आयोजित कार्यक्रममा बोल्नुहुँदै नेपाली काँग्रेसका जिल्ला सदस्य एवम नेपाल प्रहरीका पुर्व एसएसपी विद्यानन्द माझीले मेचीदेखी महाकालीसम्म बसोबासगर्ने आदिबासी थारु समुदायले मनाउने चाडपर्वकोे शैली र मिति फरकफरक रहेकाले समस्या देखिएको बताउनुभयो । पुर्वदेखी पश्चिमसम्म बसोबासगर्ने राणा,कडरिया र कोच थारुहरुले मनाउने पर्वहरुबीच धेरै भिन्नता देखिएकाले त्यसलाई एकरुपता गरेर जानसके मात्र थारु समुदायका भाषा,संस्कृति र हकहितलाई संस्थागत गर्न सकिने उहाँले बताउनुभयो । हौली परिवार मोरङसुनसरीका अध्यक्ष श्रवण सुतिहारले एकरुपता र एकजुटता गरेर अघि बढेमात्र सबैकुरालाई संस्थागत गराउन सकिने बताउनुभयो ।

थारु कल्याणकारिणी सभाका मोरङ अध्यक्ष प्रदीप भगत थारुले सभाले बिगतदेखी नै समुदायको हकअधिकारकालागि संघर्ष गर्दै आएको बताउनुहुँदै आउदा दिनहरुमा समेत सबै प्रकारको पहल र प्रयासगर्न तत्पर रहेको बताउनुभयो । सो अवसरमा कटहरी १ का वडाध्यक्ष कपुरलाल माझी,बरिष्ठ अधिवक्ता मधुसुदन चौधरी,पुर्व एसएसपी विद्यानन्द माझी र मकालु टेलिभिजनका बरिष्ठ सम्बाददाता नवीन कर्ण लगायत समुदायका अगुवा ब्यक्तीहरुलाई कदरपत्र सहित सम्मान समेत गरिएको थियो । प्रदेश सभा सदस्य चुमनारायण तवदार,नेपाली काँग्रेसका मोरङ उपाध्यक्ष भक्तीनाथ माझी र समाजसेवी कन्नुलाल चौधरी लगायतले उहाँहरुलाई सम्मान गर्नुभयो ।

यसअघि खुलामञ्चमा भब्यरुपमा माघी महोत्सवको आयोजना गर्दै आएपनि यसपल्ट कोरोनाको प्रोटोकोल पालनागर्दै थोरैको सहभागितामा आन्तरिकरुपमै कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

 

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net