०९ जेठ २०७९
यूवा जागरण संघले वितरण ग-यो विपन्न र असहायलाई न्यानो लुगा
नवीन कर्ण
January 22, 2022
6:52 pm

जहदा ८ माघ । विराटनगरस्थित यूवा जागरण संघ नेपालले जहदा गाउँपालिकाका अति विपन्न तथा असहाय ब्यक्तीहरुलाई न्यानो लुगा वितरण गरेको छ ।

संघले जहदा गाउँपालिकाको वडानम्बर ५ मा रहेको दूर्गा माध्यमिक विद्यालयमा आज एक कार्यक्रमको आयोजनागर्दै न्यानो लुगास्वरुप कम्मल वितरण गरेको हो । संघले जहदा ५ मा बसोबासगर्ने अतिविपन्न,जेष्ठ नागरीक तथा अपाङता भएका ७५ जनालाई कम्मल वितरण गरेको छ । चिसो बढदै गएको अवस्थामा अतिविपन्न र अशक्तहरुको जनजिवन कष्टकर बन्दै गएको देखेर संघको आयोजनामा न्यानो लुगा वितरण गरिएको यूवा जागरण संघ नेपालका अध्यक्ष भोला यादवले बताउनुभयो । न्यानो लुगाको अभावमा चिसोका कारण ग्रामिण भेगका अतिविपन्न र असक्त ब्यक्तीहरु कठ्यांग्रिएर बस्नुपरेको जानकारीमा आएपछि कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रमकाबीच प्रदेश सभा सदस्य बसन्तीदेवी यादव,जहदा गाउँपालिककी उपाध्यक्ष शालोदेवी साह र नेपाली काँग्रेसका यूवा नेता राजेश गुप्ता लगायतका अतिथिहरुले लक्षितबर्गलाई कम्मल हस्तान्तरण गर्नुभयो । समाजसेवी दीनबन्धु गोयल,कमलेश अग्रवाल,राजेशकुमार गुप्ता र मोरङ ब्यापार संघको सहयोगमा कम्मल वितरण गरिएको आयोजक संस्थाका सचिव रमेश यादवले जानकारी दिनुभयो । सो अवसरमा बोल्ने वक्ताहरुले समस्या परेकोबेला हुनेले नहुनेलाई सहयोग गर्नुनै सभ्य समाजको परिभाषा रहेको बताएका थिए ।

कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष नन्दलाल यादव र मंजु यादव,कोषाध्यक्ष रेणु यादव, सदस्यहरु बन्दना यादव,रंजु यादव तथा सतनी यादव लगायतको सहभागिता थियो ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net