जहदा । मोरङका अधिकांश खेतीयोग्य जमिनमा अम्लियपन बढदै गएर उर्बराशक्ती कमजोर हुँदै गएको पाइएको छ । अत्याधिक रसायनिक मलको प्रयोगका कारण माटोको उर्बराशक्ति कमजोर हुँदै गएको हो ।
मोरङ जहदा गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वय ईकाइ मोरङले आयोजना गरेको माटो परीक्षण शिवीरमा परीक्षणगर्दा मोरङको कटहरी र जहदा गाउँपालिकाका खेतीयोग्य जग्गाको माटोमा अम्लियपन अत्यधिक बढेको पाइएको छ । अम्लियपन बढदा माटोको उर्बराशक्ति कमजोर हुन्छ र उत्पादन घटछ । शिवीरमा ६५ जना किसानहरुको खेतीयोग्य जग्गाको माटो संकलनगरि परिक्षण गरिएको थियो । परिक्षणको क्रममा अधिकांश जग्गामा अम्लियपन बढेको पाइएको छ । परियोजनाको सहयोगमा माटो तथा मल परिक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राविधिक टोलीले किसानहरुको खेतबारीको माटो परीक्षण गरेको थियो । परीक्षणको क्रममा माटोमा भएको म्यागनेसियम,पोटास,सल्फर तथा फसफोरसको अवस्थाको जाँच गरिएको माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीका प्राबिधिक साहायक सन्तोष कट्टेलले जानकारी दिनुभयो ।
मोरङको कटहरी र जहदा गाउँपालिकाका ९० प्रतिशत खेतीयोग्य जग्गामा अमलियपन वढि देखिएकाले त्यसमा सुधारकालागि किसानलाई कृषि चुन र अर्गयानिक मल प्रयोग गर्न बिज्ञहरुले सुझाव दिएका छन । परीक्षण नगरि मापदण्ड विपरीत जथाभावीरुपमा रासायनिक मलको प्रयोगगर्ने प्रचलन बढदो रहेकाले खेतीयोग्य जमिनको उर्बराशक्ति कमजोर हुँदै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मोरङका बागबानी बिज्ञ सुमन भगतले बताउनुभयो ।
मोरङको कटहरी र जहदाका विभिन्न वडाहरुमा परियोजनाले तरकारी जोन संचालन गर्दै आएको छ । तरकारीको उत्पादन बृद्धिगर्न माटोमा भएको समस्या समाधानगर्न माटो परिक्षण गरिएको सम्बन्धित परियोजनाले जनाएको छ । माटोको अवस्था थाहा पाएपछि किसानहरुलाई माटोको गुणस्तरबृद्धि गर्न सघाउ पुग्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका मोरङ प्रमुख बिनोदकुमार मण्डलले बताउनुभयो ।
माटो परीक्षण गरिएका किसानलाई माटोको अवस्था उल्लेख गरिएको स्वाईल हेल्थकार्ड समेत उपलव्ध गराउने परियोजना प्रमुख मण्डलले वताउनुभयो । अत्याधिक रसायनिक मलको प्रयोगले माटोमा उर्बराशक्ति हा्रस भइरहेको अवस्थामा शिविर संचालन भएपछि किसान समेत उत्साहित भएका छन । यसअघि माटोको अवस्थाका बिषयमा जानकारी नभएको तथा बढि उब्जनी लिन रसायनिक मल प्रयोग गर्दै आएको कटहरी ४ का किसान .शिवनाथ सिंहले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले केहि दिन अघि जहदा गाउपालिकामा किसानको घरघरमा पुगेर वालीमा लाग्ने रोग किराको समस्या निदानगर्न वाली उपचार शिविर समेत संचालन गरेको थियो । सो क्रममा किसानलाई निशुल्क विषादी समेत वितरण गरिएको थियो ।