१९ असोज २०७९
बर्जु घटनापछि भारतीय नायक खेसारीलाल भन्छन –‘मेरो १ करोड १५ लाख भारुको क्षति भयो’
नवीन कर्ण
January 19, 2022
11:21 am

विराटनगर ५ माघ । भारतीय सिने कलाकार खेसारीलाल यादवले बर्जु गाउँपालिमा भएको घटनाको सम्पुर्ण जिम्मेबारी आयोजक समितिले लिनुपर्ने बताएका छन । उक्त घटनामा आफ्नो झण्डै २ करोडको सम्पति क्षति भएको भन्दै उनले प्रहरीसामु आयोजक समिति बिरुद्ध मागदाबी समेत गरेका छन ।

माघ ४ गते बर्जु गाउँपालिकाको वडानम्बर ६ मा आयोजित बर्जु महोत्सवमा खेसारीलाल नआएको भन्दै उत्तेजित भीडले तोडफोड र आगजनी गरेको थियो । आयोजक समितिले भोजपुरी भाषाका सुपरहिट भारतीय कलाकार खेसारीलाल आउने भन्दै ५ सय सम्मको टिकट बिक्री गरेको थियो । उनको कार्यक्रमहेर्न सुनसरीमोरङ सहित मधेश प्रदेशका विभिन्न जिल्लाका साथै भारतीय सिमाबर्ती राज्यका दर्शक कार्यक्रमस्थल पुगेका थिए । नगद लिएर टिकट विक्री गरेपनि अन्तिम समयमा आयोजक समितिले खेसारीलाललाई कार्यक्रममा उपस्थित गराउन नसकेपछि अवस्था नियन्त्रण बाहिर गएको हो । उत्तेजित भीडले कार्यक्रमस्थलमा रहेको ४ वटा भारतीय नम्बरप्लेटको गाडी सहित सांगितिक उपकरण,स्टेज र कुुर्सी तोडफोड गर्नुका साथै आगजनी गरेका थिए ।

उक्त घटना हुँदैगर्दा बास्तविक नाम सत्रुघ्न यादव रहेका ‘खेसारीलाल’ बिराटनगरकै एशियाटिक होटलमा बसेका थिए । कार्यक्रममा सहभागि हुन निर्धारित समयमै विराटनगर आएपनि उनि कार्यक्रमस्थलसम्म भने पुग्न सकेनन । उक्त घटनापछि आयोजकले सम्पुर्ण जिम्मेबारी लिनुपर्ने खेसारीलालको भनाई छ । कोरोनाको तीब्र संक्रमणका बेला प्रशासनले रोक लगाउदा लगाउदै समेत आफुलाई अवस्था जानकारी नगराई सहभागि गराउन खोजिएको उनको दाबी छ । सो घटनामा दर्शक र प्रशासनको कुनै दोस नरहेको उनको भनाई छ ।

अभिनेता यादव मंगलबार बिहान साढे ८ बजे जोगबनी नाकाहुँदै ५ वटा गाडीमा दुइदर्जन बढी सहयोगि कलाकारसहित विराटनगरस्थित होटल आईपुगेका थिए । खेसारीलाल कार्यक्रममा जानु अघिनै उहाँसंग आएको सांगितिक टोली र बाद्ययन्त्र बोकेर ४ वटा गाडी कार्यक्रमस्थलमा पुगेको थियो । जुन गाडीहरु आगजनीबाट पुर्णरुपले क्षति भएको तथा आफुसंगै ल्याएका मंहगा सांगितिक उपकरणहरु समेत तोडफोड र आगजनी भएको अभिनेता खेसारीलालले जानकारी दिए । घटनाको जानकारी पाएपछि प्रदेश एकका सामाजिक विकास मन्त्री जयराम यादव होटल एशियाटिक पुगेर अभिनेता खेसारीलालबाट अवस्थाको बिषयमा जानकारी लिनुभएको थियो । नायक खेसारीलालले मंगलबार राति आयोजक समिति बिरुद्ध नेपाल प्रहरीमा निवेदन दिंदै १ करोड १५ लाख भारुको क्षतिपुर्तिको मागदाबी गरेका छन ।

घटनामा २० लाख मुल्यपर्ने ८० लाखभारुको ४ वटा गाडी र ३५ लाखभारु मुल्य बराबरको सांगितिक उपकरणहरु नष्ट भएको उनको दाबी छ । घटनापछि नायक खेसारीलाल मंगलबार राति भारत गएका छन । उनि राति साढे १० बजे जोगबनी हुँदै भारत गएका थिए ।

 

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net