१२ असार २०७९
विराट राजा दबार परिसरको उत्खननमा फेला प-यो प्राचिन मन्दिरको जग
नवीन कर्ण
January 14, 2022
7:47 pm

विराटनगर ३० पुष । विराटनगरको भेडियारीमा जारी विराट राजा दरबार उत्खननको क्रममा प्राचिन मन्दिरको भग्नावशेष फेला परेको छ । उत्खननको क्रममा निस्किएको मन्दिरको अवशेष इशापूर्व दोश्रो सताब्दीको हुनसक्ने आकलन गरिएको छ ।

महाभारतकालिन युगसंग जोडेर हेर्ने गरिएको यसठाउँमा पुष २७ गतेबाट उत्खनन शुरु भएको हो । पुरातत्व विभागका पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा आएको टोलीले दरबार क्षेत्रको एतिहासिक तथा पुरातात्विक महत्व पत्ता लगाउन उत्खनन गरिरहेको छ । यसअघि इस्विसम्बत १९६८ मा डाक्टर तारानन्द मिश्रको टोलीले यसठाउँमा उत्खनन गरेको थियो । तत्कालिन समयमा मिश्र नेतृत्वको टोलीले उत्खननको क्रममा फेला परेको भग्नावशेषलाई फेरी पुरिएको थियो । त्यसयता माटोको थुप्रोकोरुपमा रहेको ढिस्कोलाई फेरी उत्खनन गर्न थालिएको हो । उत्खननको क्रममा इट्टाले बनाइएको संरचनाको जग निस्किएको छ । ५० बर्ष अघि उत्खननगर्दा नै मिश्र नेतृत्वको टोलीले ईशापुर्व दोश्रो शताब्दीको संरचना त्यहाँ रहेको रिपोर्टिङ गरेको जनाइएको छ ।


पुरातत्वविज्ञहरुको टोलीले यसअघि माटोको थुप्रोकोरुपमा देखिएको ढिस्को मध्यभागलाई केन्द्रबिन्दु मानि विभिन्न ४ खण्डमा रेखांकन गरेर उत्खनन गरिरहेको छ । उत्खननमा संलग्न टोलीले संरक्षित क्षेत्रमा भएको जमिन मुनिको ढाँचाको आकार र त्यसको फैलावट पत्ता लगाउने छ भने कार्बन डेटिङ गरेर संरचना निर्माणको समय समेत पत्ता लगाउने छ । यस्तै टोलीले यसक्षेत्रको सांस्कृतिक ईतिहास समेत अध्ययनगर्ने जनाइएको छ । ढाँचाको उत्खननगर्न यतिखेर १७ जना मजदुर खटाइएका छन । विविध कार्यादेश सहित सरकारले १० लाख रुपैयाको झिनो बजेट छुट्टयाएको छ । टोलीले ३ सातासम्म यो क्षेत्रमा उत्खनन तथा अन्वेशषण जारी राख्ने जनाइएको छ । उत्खननको क्रममा फेला परेको मन्दिरको भग्नावशेष महाभारतमा उल्लेख गरिएका तत्कालिन राजा विराटको दरबार परिसरमा रहेको मन्दिरको हुनसक्ने संरक्षक कमल किशोर यादवको भनाई छ ।

साबिकको बुधनगर गाउँपालिका र हालको विराटनगर १८ को उक्तक्षेत्रमा यसअघिदेखीनै पुरातात्विक महत्वका समाग्रिहरु फेला पर्ने गरेको यादवले बताउनुभयो । फेलापरेका कतिपय सामान राष्ट्रिय संग्रहालयमा र केहि सामाग्रि आफुसंग सुरक्षित रहेको उहाँले बताउनुभयो । आउदो तीन साता भित्रको समयमा यहाँ रहेको भग्नावशेषको पुर्न आकारप्रकारको स्पष्ट खाका आउने अपेक्षा गरिएको छ । यसअघि २०७७ साल चैत ११ गते लंदनको दुराम युनिभर्सिटीका आर्कियोलोजिष्टहरुले यसक्षेत्रको भूभौतिक सर्वे गरेका थिए ।

सो सर्वेबाट जमिन मुनिको संरचनाको खाका पत्ता लाग्ने र ३ महिनाभित्र रिपोर्ट सार्वजनिक हुने भनिएको थियो यद्यपि त्यो अझसम्मपनि हुनसकेको छैन ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net