१२ असार २०७९
सामुदायिक विकास समाज (सिडिएस) को २४ औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न
प्रियंका यादव
January 14, 2022
6:52 pm

विराटनगर ३० पुष । सामुदायिक विकास समाज (सिडिएस) ले २४ औं वार्षिक साधारणसभा तथा छैठौ अधिवेशन सम्पन्न गरेको छ ।
विराटनगरस्थित ब्रगाछी सहकारी संस्था लिमिटेडको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै समाजले सधारणसभा तथा अधिवेशन सम्पन्न गरेको हो ।

साधारणसभाको रोटरी इनटर नेशनल २०२१–२२ का डिस्ट्रीक कनफेरेन्स चेयरमैन बेनी गोपाल मुन्दडाले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्नु हुँदै आयोजक संथाका सचिव विपुलेन्द्र झाले संस्थाले आफ्नो स्थापना कालदेखि नै विपन्न समुदायलाई लक्षितगरि सिपमूलक र आर्थिक विकासका निम्ती काम गदै आएको बताउनु भयो। साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तु्त गर्नु हुँदै संस्थाका अध्यक्ष गंगा प्रसाद यादवले सामुदायिक विकास समाजले महिलाहरुलाई लक्षितगरि क्षमता अभिबृद्धि र सशक्तिकरण तथा आय आर्जन वृद्धि गर्ने, बगैचा व्यवस्थापन तथा कौसीखेती लगायतका कार्यक्रहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।

सो अवसरमा संस्थाका कोषाध्यक्ष लक्ष्मी निरौलाले २०७७–७८ को २६ लाख ८४ हजार बढीको आयव्यय विवरण प्रस्तुत गर्नु भयो । कार्यक्रममा रोटरी मिड टाउनका पूर्व अध्यक्ष जूगल किशोर राठी, बरगाछी सहकारी संस्था लिमिटेडका व्यवस्थापक माधव चापागाई लगायतले शुभकामना मन्तव्य राख्नुभयो । यसैबिच साधारण सभाले गंगाप्रसाद यादवको अध्यक्षतालाई निरन्तरता दिंदै ७ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ । समितिका उपाध्यक्ष पार्वती प्रधान, सचिव विपुलेन्द्र झा, कोषाध्यक्ष लक्ष्मी निरौला र सदस्यहरुमा भवनाथ कोइराला, पूजन दाहाल र कमला वस्ती रहनुभएको छ । समितिका सल्लाहकारहरुमा शत्रुघ्नचन्द्र पौडेल, विनोद शर्मा, डा. अनुप यादव, श्यामप्रसाद दाहाल र जुगलकिशोर राठी रहनुभएको छ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई शुक्रबार नै निर्वाचन समिति संयोजक विनोदप्रसाद शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।

 

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net