१२ असार २०७९
मैथिली भाषा तथा कला–संस्कृतिका अभियानीलाई सम्मान
नवीन कर्ण
January 9, 2022
2:30 pm

विराटनगर २४ पुष । विराटनगरस्थित अप्पन विराटगढ परोपकार समाजले तीनदर्जन बढी मैथिली भाषा तथा कलासंस्कृतिका अभियानीलाई सम्मान गरेको छ ।

स्थानिय रामजानकी सेवा सदनमा कार्यक्रमको आयोजनागर्दै समाजले मैथिली भाषाको सम्र्बधन तथा कलासंस्कृतिका अभियानीहरुलाई सम्मान गरेको हो । मैथिली भाषा,लोक कला संरक्षण तथा सम्मान कार्यक्रमकाबीच लामो समयदेखी योगदान गरेका अभियानीहरुलाई सम्मान गरिएको छ । कार्यक्रमकाबीच डेढ दसक देखी रेडियो,टेलिभिजन तथा इलेक्ट्रोनिक मिडियामा सक्रिय विराटनगरकी पत्रकार प्रियंका यादव,हिन्दुस्तान टाइम्सका बरिष्ठ पत्रकार बरुण मिश्रा हिमालिनीका पत्रकार माला मिश्रा, रेडियोकर्मी प्रेमनारायण झा र कविता झा,कवि शिवनारायण पण्डित ‘सिंगल’,चलचित्रकर्मी झोटन महतो र रंगकर्मी तथा पत्रकार प्रकाश प्रेमीलाई सम्मान गरिएको थियो ।


यस्तै मैथिली अभियानी भगवान झा,विद्या मिश्रा,साधना झा,बन्दना चौधरी,बिभा दास,सुचि चौधरी,ममता सुवेदी यादव,संचारकर्मी चाँदनी झा,विराटनगर ९ का वडाध्यक्ष विश्वनाथ प्रसाद, समाजसेवी ताराचन्द खेतान, मैथिली चित्रकार शिला चौधरी कर्ण र रिम्मि चौधरी कर्ण,बिराट जागृति कला केन्द्रका संस्थापक काशी राजवंशीलाई सम्मान गरिएको थियो । अभियानीहरुलाई प्रदेश एकका सामाजिक विकास मन्त्री जयराम यादव र आयोजक संस्थाका अध्यक्ष बसुन्धरा झा ले कदरपत्र दोसल्ला र अबिरसहित सम्मान गर्नुभयो । पत्रकार तथा अभियानीहरुले मैथिली भाषा तथा कलासंस्कृतिको श्री बृद्धिमा पु-याएको योगदानको कदरगर्दै सम्मान गरिएको आयोजक संस्थाका सल्लाहकार राजेश झाले बताउनुभयो ।


सो अवसरमा विराट जागृति कला केन्द्रका कलाकारहरुका साथै कलाकार मनिसा शाह र रिम्मी चौधरी लगायतले सांस्कृतिक नृत्य र गीत प्रस्तुत गर्नुभयो । कार्यक्रम स्थलमा स्थानिय कलाकारहरुद्वारा सृजित आर्कषक मिथिला पेन्टिङपनि प्रर्दशन गरिएको थियो । सो अवसरमा चित्रकार तुलसी मण्डल ‘कलाकार’,सुप्रिया सोनी दत्त,शिला चौधरी कर्ण र रिम्मी चौधरी कर्णको कलाकृति प्रर्दशन गरिएको थियो ।


कार्यक्रममा बोल्नुहुँदै प्रदेश एकका सामाजिक विकास मन्त्री जयराम यादवले मुलुक भित्रका विविध भाषासंस्कृतिहरु सांस्कृतिक धरोहर रहेकाले त्यसको संरक्षणमा सबै पक्ष जिम्मेबार हुनुपर्ने बताउनुभयो । मन्त्री यादवले घरपरिवारभित्र मातृभाषाको प्रयोगमा समेत जोड दिनुभयो ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net