१९ असोज २०७९
अप्पन विराटगढ परोपकार समाजले मिथिला चित्रकला प्रर्दशनी आयोजनागर्ने
प्रियंका यादव
January 4, 2022
9:16 pm

विराटनगर २० पुष । मैथिली भाषा,संस्कृति संरक्षणको क्षेत्रमा सक्रिय संस्था अप्पन विराटगढ परोपकार समाजले मिथिला चित्रकला प्रर्दशनी सहित विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

समाजले आउँदो शनिवार पुष २४ गते विराटनगरको रामजानकी सेवा सदनमा कार्यक्रम आयोजनागर्न लागेको हो । ‘मैथिली भाषा,लोक कला संरक्षण’ शिर्षकमा आयोजनागर्न लागिएको कार्यक्रमकाबीच विविध कार्यक्रम गरिने आयोजकले जनाएको छ । कार्यक्रमकाबीच चित्रकार शिला चौधरी र सिम्मी चौधरी सहित अन्य मैथिल महिला कलाकारद्वारा निर्माण गरिएका मौलिक चित्रकलाका पेन्टिङहरु प्रर्दशन गरिने आयोजक संस्थाकी अध्यक्ष बसुन्धरा झा ले जानकारी दिनुभयो । प्रदेश एकका सामाजिक विकास मन्त्री जयराम यादवको प्रमुख आतिथ्यमा आयोजना हुने कार्यक्रमकाबीच विराट जागृति कला केन्द्रका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने जनाइएको छ ।

यस्तै कार्यक्रमकाबीच सामाजिक उन्न्यनमा योगदानगर्ने विभिन्न बर्गसमुदाय तथा भाषा–भाषिका अभियन्ताहरुलाई सम्मान गरिने आयोजक संस्थाका सल्लाहकार राजेश झाले बताउनुभयो ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net