विराटनगर १९ पुष । खानेपानीको टंकीभर्न र बन्दगर्न सहयोगपुग्ने स्वदेशमै निर्मित अटोमेटिक वाटर लेभल कन्ट्रोलर बजारमा आएको छ ।
स्वदेशमा उत्पादित ‘लकडाउन वाटर लेभल कन्ट्रोलर’ नाम दिइएको सो उपकरण विराटनगरमा एक कार्यक्रमकाबीच लन्च गरिएको छ । विराटनगर १६ मा रहेको सुवाल उद्योगले यो उपकरण उत्पादनगरि बजारमा ल्याएको हो । सेन्सरयुक्त यो उपकरणले खानेपानीको टंकी खाली हुँदा अटोमेटिकरुपमा अन भएर मोटर चल्ने तथा टंकीको लेभल अनुसार पानी भरिसक्दा आफैं बन्द हुने सुवाल उद्योगका संचालक केशवलाल सिंह सुवालले बताउनुभयो । कोरियन टेक्नोलोजीको कन्ट्रोलर आफुहरुले विराटनगरमैं उत्पादन शुरु गरेको बताउनुहुँदै उहाँले यो प्रबिधिको प्रयोगले समय र विद्युत दुवैको बचत हुने बताउनुभयो ।
घर,होटल,विद्यालय तथा बैंक लगायतमा राखिने खानेपानीको टंकी भर्ने काम झण्झटिलो रहँदै आएकोमा यो प्रबिधिको प्रयोगपछि सहज हुने र अनावश्यकरुपमा खेर जाने पानीको समेत बचत हुने सुवालले बताउनुभयो । उद्योगले ‘लकडाउन वाटर लेभल कन्ट्रोलर’को प्रदेश एककालागि आधिकारीक विक्रेताकोरुपमा विराटनगर १० को इन्सट्यान्ट ट्रेड एण्ड मल्टि सर्भिस प्रालिलाई तोकेको छ भने यो उपकरणको उपभोक्ता मुल्य ६ हजार ५ सय तोकिएको छ । एकबर्षको वारेन्टी र रिप्लेसमेन्ट ग्यारेन्टी समेत रहेको लकडाउन कन्ट्रोलर खरिदगर्दा सम्बन्धित स्थानमैं गएर जडान गरिदिने ब्यवस्था रहेको मल्टि सर्भिसका रमेश साहले जानकारी दिनुभयो ।
आउदा दिनहरुमा घरायशी प्रयोजनका थप सहयोगि आधुनिक उपकरणहरु स्वदेशमैं उत्पादनगर्ने लक्ष्य राखिएको सुवाल उद्योगका सिईओ शिला प्रधान सुवालले बताउनुभयो ।