१९ असोज २०७९
विराटनगरमा मैथिल ब्राह्मण बटुकहरुको सामुहिक उपनयन हुने
नवीन कर्ण
January 2, 2022
12:04 pm

विराटनगरमा मैथिल ब्राह्मण बटुकहरुको सामुहिक उपनयन (ब्रतबन्ध) हुने भएको छ । मैथिल ब्राह्मण सभा यूवा कार्यसमिति,विराटनगर,मोरङको आयोजनामा आउँदो माघ २७ र २८ गते बिहीबार र शुक्रबार मोरङको कटहरी गाउँपालिकास्थित गोपाल फनपार्कमा कार्यक्रम हुन लागेको हो ।

एकलरुपमा उपनयनगर्दा खर्चिलो हुने भएकाले संस्कृति अनुसार मितब्ययिरुपमा सामुहिक उपनयन आयोजनागर्न लागिएको आयोजक संस्थाले जनाएको छ । प्रदेश एकमै पहिलोपटक आयोजनागर्न लागिएको सामुहिक उपनयनका सहभागिले कुनैपनि शुल्क तिर्नु नपर्ने आयोजक संस्थाका अध्यक्ष मनोजकुमार मिश्रले जानकारी दिनुभयो । निशुल्क सामुहिक ब्रतबन्धमा १ सय १ बरुवा (बटुक) लाई सहभागि गराउनेगरि तयारी गरिएको उहाँले बताउनुभयो । सामुहिक उपनयनमा प्रदेश एकका विभिन्न जिल्ला सहित सातवटै प्रदेशका र भारतीय सिमाबर्ती बिभिन्न राज्यका बटुकहरुको समेत सहभागिता रहने आयोजक संस्थाका सचिव सुरज मिश्रले जानकारी दिनुभयो । नेपाल तथा भारतबाट समेत मैथिल ब्राह्मणहरुको सहभागिता रहने दुईदिने कार्यक्रमकाबीच सांस्कृति कार्यक्रमगर्ने तयारी समेत गरिएको छ ।

कार्यक्रममा नेपाल तथा भारतका चर्चित गायक तथा कलाकारहरुले आफ्ना प्रस्तुति दिने जनाइएको छ । सामुहिक ब्रतबन्धमा सहभागि हुन आउने बटुक परिवारका १० जना सम्मलाई निशुल्क बस्न र खानको ब्यवस्थापन समेत समितिले नै गर्नेछ । ब्यक्तीगतरुपमा ब्रतबन्धगर्दा बढी समय र खर्चपनि लाग्ने भएकाले सामुहिक ब्रतबन्धको अवधारणा ल्याइएको आयोजक संस्थाले जनाएको छ । सामुहिक ब्रतबन्धबाट समाजमा सामुहिकताको बिकास हुने विश्वास समेत लिइएको छ । सामुहिक ब्रतबन्धमा आफ्ना बटुक सहभागिताकालागि इच्छुक ब्यक्तीले विराटनगरको वडानम्बर ९ घोघापुलचौकमा रहेको मनोज मेडिसिन सेन्टरमा सम्पर्क राख्न (९८५२०३४७१७) आयोजक समितिले अनुरोध गरेको छ ।

भब्यरुपमा सम्पन्नगर्ने तयारी गरिएको सामुहिक उपनयनको नेपाल सरकारका शिर्ष नेतृत्वबाट उद्घाटन गराउने आयोजक समितिले तयारी गरेको छ । कार्यक्रमलाई सफल बनाउन सबै बर्ग समुदायलाई सहभागिताकालागि आयोजक समितिले अपिल गरेको छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net