१२ असार २०७९
अपाङता भएका ब्यक्तीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक
प्रियंका यादव
December 30, 2021
11:31 am

विराटनगर १५ पुष । अपाङता भएका ब्यक्तीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

द लेप्रोसी मिशन नेपालले अपाङता भएका ब्यक्तीहरुलाई रोजगारमा प्रर्बधनगर्ने उद्धेश्यले होटल तथा पर्यटन ब्यवसायि र राष्ट्रिय अपाङ महासंघ प्रदेश एकका प्रतिनिधिलाई सहभागि गराएर आयोजना गरेको कार्यक्रमका सहभागि वक्ताहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै होटल तथा पर्यटन ब्यवसायि भविषकुमार श्रेष्ठले होटल ब्यवसायिहरु अपाङता भएका ब्यक्तीहरुलाई रोजगारदिन तयार रहेको र कतिपयलाई रोजगार दिएको अवस्था समेत रहेको बताउनुभयो । कर्मचारीकारुपमा अपाङता भएका ब्यक्तीलाई राख्दा होटलमा आउने ग्राहकहरुले अपाङता भएका ब्यक्तीलाई राखेको भन्दै गलतरुपमा लिने गरेको गुनासो गर्नुभयो । त्यस्तो गलत धारण चिर्न सम्बन्धित पक्षले पहल गर्नुपर्ने उहाँले माग गर्नुभयो ।

अपाङता भएका ब्यक्तीहरुलाई रोजगारी दिएका कतिपय सहभागि अन्य होटल ब्यवसायिहरुले अपाङता भएका ब्यक्तीहरुको कार्यसम्पादन र ईमान्दारिताबाट आफुहरु प्रभावित भएपनि गलत धारणाकै कारण समस्या भएको बताएका थिए । राष्ट्रिय अपाङ महासंघ प्रदेश एककी निर्वतमान अध्यक्ष पार्वता श्रेष्ठले अपाङता भएका ब्यक्तीहरुले गरिखान पाउने मानवअधिकार भित्रकै अधिकार रहेकाले गलतरुपमा लिन नहुने धारणा राख्नुभयो । द लेप्रोसी मिशनका प्रदेश प्रमुख विपिन दासले अपाङता भएका ब्यक्तीहरुलाई उनिहरुको शारिरीक सहजताका हिसाबले काम र रोजगार दिनुपर्ने आग्रह गर्नुभयो ।

कुनै ब्यवसायिक संस्थाले अपाङता भएका ब्यक्तीलाई रोजगार र सिपदिन चाहे आफ्नो संस्थाले मासिक १० हजारका दरले ३ महिनासम्म प्रशिक्षण शुल्क दिने ब्यवस्था समेत रहेको बताउनुभयो । यद्यपि त्यस्तो संस्थाले ३ महिनापछि उनिहरुको क्षमता अनुसारको रोजगार दिनुपर्ने बताउनुभयो ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net