१२ असार २०७९
भब्यरुपमा सम्पन्न भयो भारतको जोगबनीमा ‘मिथिला महोत्सव’
प्रियंका यादव
December 29, 2021
7:28 pm

जोगबनी १४ पुष । विराटनगरको सिमावर्ती भारतीयराज्य जोगबनीमा अन्र्तराष्ट्रिय मिथिला महोत्सव र विद्यापति स्मृति पर्व समारोह सम्पन्न भएको छ ।

भारत नेपाल मैत्री समाजले जोगबनीको वार्डनम्बर १० ईन्द्रानगरमा आयोजना गरेको महोत्सवको गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा र बिहार सरकारका कलासंस्कृति तथा खेल मन्त्री आलोक रंजनले संयुक्तरुपमा उदघाटन गर्नुभयो । कार्यक्रममा नेपाल तथा भारत दुवैतर्फका मैथिलभाषि विद्धान,कलाकार तथा नेतागणको उपस्थिति थियो । सो अवसरमा भारत तथा नेपाल दुवै देशको राष्ट्रगान गाएर कार्यक्रम शुरु गरिएको थियो भने नेपाल तथा भारत दुवैतर्फका चर्चित कलाकारहरुले मैथिली भाषाका नृत्यगित र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । मैथिली भाषाका कविकोकिलको उपमा पाएका विद्यापतिको तस्वीरमा माल्यार्पणपछि शुरु भएको कार्यक्रममा जनकपुरधामको हेलो मिथिला सांस्कृतिक समुह,कवि प्रेमनारायण झा र विराट कला केन्द्रका कलाकारहरुले पारम्परिक नृत्य र गित प्रस्तुत गरेका थिए ।

यसैगरि भारतको मधुबनीबाट गायक निखिल महादेव झा र कंचन पाण्डे सहितका कलाकारहरुले समेत कार्यक्रममा प्रस्तुति राखेका थिए । कार्यक्रमकाबीच नेपाल तथा भारत दुवैतर्फका मैथिल अभियानीहरुलाई सम्मान समेत गरिएको आयोजक भारत नेपाल मैत्री समाजका संस्थापक संयोजक बरुण मिश्राले बताउनुभयो । भारतीय सिमाक्षेत्रमा कार्यक्रम आयोजना गरिएको भएपनि कार्यक्रम शुरु हुनअघि विराटनगरको रानीमा रहेको एतिहासिक मण्ठा पोखरीबाट जलभर्दै शोभा कलशयात्राको आयोजना गरिएको थियो । कलशयात्राले रानी भन्सार सहित विराटनगरको विभिन्न भागको परिक्रमागर्दै जोगबनीस्थित कार्यक्रमस्थलमा पुगेर समापन भएको थियो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली, जनता समाजबादी पार्टी नेपालका मोरङ अध्यक्ष राजुकुमार यादव, नेपाली काँग्रेसका युवा नेता राजेश गुप्ता,एबिसि नेपालकी अध्यक्ष बिष्णु शर्मा सहितका अतिथिहरुले नेपालभारतको पारम्परिक सम्बन्धका बिषयमा मनतब्य राख्नुभएको थियो ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net