विराटनगर १३ पुष । कृषि कर्जालाई थप सहज वनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको सहुलियत कृषि कर्जा कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रमक सहभागिले र्वैकहरुले सहज रुपले किसानहरुलाई कृषिकर्जा उपलव्ध गराउनु आवश्यक रहेको बताएका थिए । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले सहुलियत कृषि कर्जा वास्तविक किसान समक्ष पुग्न नसकेकाले त्यसतर्फ ध्यान दिनु आवश्यक रहेको वताउनुभयो । प्रदेश एकको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव रामानन्द तिवारीले कृषि तथा पशुपालनकालागि कृषिकर्जामा सरकारले व्याजमा अनुदान दिएकाले त्यसवाट लाभ लिन सकिने खालका व्यवसाय संचालनगर्न कृषकलाई आग्रह गर्नुृभयो ।
परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख विनोद कुमार मण्डलले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले दिएको अनुदानका कारण कृषकहरुको जिवनस्तरमा उल्लेख्य सुधार आएको वताउनुभयो । अनुदानका कारण मोरङ जिल्लामा धान तथा माछाको उत्पादन वृद्धि भएकाले परियोजनाले थप तरकारी जोन विस्तार गरेको वताउनुभयो । कार्यक्रममा वरिष्ठ कृषि अधिकृत हिकमत कुमार श्रेष्ठ, डाक्टर राजेन्द्र उप्रेती तथा माछा जोनका अध्यक्ष देवराज चौधरी लगायतका सहभागिले सहुलियत कृषिकर्जा सहज रुपले पाउनुपर्नेमा जोड दिनुभयो । सरकारले कृषि तथा पशुपालनकालागि ५ प्रतिशत व्याज अनुदानमा सहुलियत कृषिकर्जा उपलव्ध गराउदै आएको जनाइएको छ ।
कार्यक्रमका सहभागि विभिन्न बैंकका प्रतिनिधिहरुले बैंकहरुले हालसम्म कृषि कर्जामा गरेको लागानीका बिषयमा जानकारी गराएका थिए ।