१९ असोज २०७९
जोगबनीमा पाँचौ संस्करणको अन्र्तराष्ट्रिय मिथिला महोत्सव र विद्यापति स्मृतिपर्व समारोह आयोजना हुने
नवीन कर्ण
December 28, 2021
9:58 am

विराटनगर १३ पुष । विराटनगरको सिमावर्ती भारतीयराज्य जोगबनीमा पाँचौ संस्करणको अन्र्तराष्ट्रिय मिथिला महोत्सव र विद्यापति स्मृतिपर्व समारोहको आयोजना हुने भएको छ ।

भारत नेपाल मैत्री समाजले जोगबनीको वार्डनम्बर १० ईन्द्रानगरमा रहेको चिनी मिल नजिक महोत्सव आयोजनागर्न लागेको हो । सो ठाउमा पुष १४ गते मंगलबार बिहानैबाट एकदिवसिय कार्यक्रम हुन लागेको हो । भारतीय सिमाक्षेत्रमा कार्यक्रम आयोजना हुनेभएपनि विराटनगरको वडानम्बर १४ बाट जल लगेर जोगबनी रेल्बे परिसरमा रहेको भगवान शिवलाई अर्पण गर्नेगरि कार्यक्रम तय गरिएको छ । त्यसकालागि सयौं कलशयात्री महिलाहरुले मंगलबार बिहान ८ बजे विराटनगरको वडानम्बर १४ जतुवामा रहेको पवित्र मण्ठा पोखरीबाट जल भर्नेछन । त्यसलगत्तै ११ बजेबाट सांस्कृतिक कार्यक्रमहरु शुरु हुने जनाइएको छ । कार्यक्रममा नवीन मिश्रको नेतृत्वमा जनकपुरधामको हेलो मिथिला सांस्कृतिक समुहले मनोरंजक र सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्नेछ ।

यसैगरि भारतको मधुबनीबाट गायक निखिल महादेव झा र सुपौलकी चर्चित गायिका स्नेहा झा सहितका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल तथा भारत दुवै देशका मैथिलभाषि दर्शक तथा शुभेच्छुकहरुका साथै मंत्री,सांसद र बिधायकहरुको सहभागिता रहनेगरि कार्यक्रम निर्धारण गरिएको आयोजक भारत नेपाल मैत्री समाजका संस्थापक संयोजक बरुण मिश्राले बताउनुभयो ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net