विराटनगर ११ पुष । लायन्स क्लब अफ विराटनगर ग्लोबलले दुई जना पत्रकारसहित एक प्रहरी निरीक्षकलाई सम्मान गरेको छ ।
क्लबको नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको पदस्थापन कार्यक्रमकाबीच दुई पत्रकारसहित एक प्रहरीलाई सम्मान गरिएको हो । कार्यक्रमकाबीच मकालु टेलिभिजनका बरिष्ठ सम्बाददाता नवीन कर्ण, ब्लाष्ट टाइम्स दैनिकका अनिल श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्कालाई सम्मान गरिएको हो । सम्मानित भएकाहरूलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
कार्यक्रमकाबीच क्बलका नवनिर्वाचित कार्यसमितिले पदभारपनि ग्रहण गरेका छन् । क्लबको वर्ष २०२१–०२२ का लागि मोहम्मद. नसरुलको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । सर्वसम्मत निर्वाचित भएका कार्यसमितिहरुले पदस्थापन गरेका छन् ।
कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट ३२५ एवानका गर्भनर रेवतबहादुर कार्की, लायन्सका पूर्व गर्भनरहरु लिला ढुंगेल, फुलकुमार लालवनी लगायतको उपस्थित रहेको थियो ।