१२ असार २०७९
‘गौतम बुद्ध सेकेण्डरी’ आईएसओ सर्टिफिकेट पाउने महानगरकै पहिलो स्कुल बन्न सफल
नवीन कर्ण
December 26, 2021
4:23 pm

विराटनगर ११ पुष । विराटनगरको गौतमबुद्ध सेकेण्डरी स्कुलले उत्कृष्ट विद्यालयहरुलाई प्रदान गरिने अन्र्तराष्ट्रिय मापदण्डको गुणस्तरचिन्ह आईएसओ सर्टिफिकेट हासिल गरेको छ ।

विराटनगर १६ रानीस्थित स्कुल परिसरमा आइतबार आयोजित कार्यक्रमकाबीच सम्बन्धित संस्थाका प्रतिनिधिले विद्यालयलाई आईएसओ सर्टिफिकेट हस्तान्तरण गरेका छन । ब्यवसायिक अन्र्तराष्ट्रिय गुणस्तर प्रदानगर्ने अमेरिकन संस्था आईएएफ र आईएएसको नेपालकालागि आधिकारिक प्रतिनिधि संस्था क्वालिटी सर्टिफिकेशन सिस्टम प्रालि नयाँ बानेश्वरका प्रतिनिधिहरुले विद्यालयलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन । क्वालिटी सर्टिफिकेशन सिस्टम प्रालिका एमडी हरिशंकर भुजेल र लिड अडिटर ध्रुव मिश्रले विद्यालयका प्रिन्सिपल केशवलाल सिंह सुवाललाई आईएसओ प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । यससंगै गौतमबुद्ध आईएसओ सर्टिफिकेट हासिलगर्ने विराटनगर महानगरपालिका भित्रकै पहिलो स्कुलमा दरिन सफल भएको छ ।

कुनैपनि शैक्षिक संस्थाको शैक्षिक तथा ब्यवस्थापकिय उत्कृष्टता र संस्थापक तथा प्रशासकको थप सुधारकालागि ब्यक्त प्रतिबद्धतालाई समेत मुल्यांकन गरेर यो प्रमाणपत्र प्रदान गरिन्छ । यो प्रमाणपत्रको संसारभरि मान्यता हुन्छ । आइएसओ नौ हजार एक,दुई हजार पन्द्रह हासिलगर्न आवश्यक सबै अन्र्तराष्ट्रिय मापदण्ड पुरा गरेकाले गौतम बुद्ध सेकेण्डरीलाई प्रमाणपत्र प्रदान गरिएको क्वालिटी सर्टिफिकेशन सिस्टम प्रालिका एमडी भुजेलले बताउनुभयो ।

प्रदान गरिएको प्रमाणपत्रलाई प्रत्येक बर्ष नवीकरण गर्नुपर्ने ब्यवस्था रहेको भुजेलले बताउनुभयो । त्यसकालागि प्रत्येक बर्ष विद्यालयको अनुगमन र निरीक्षण गरिने उहाँले बताउनुभयो । २०३७ सालमा स्थापना भएको प्रदेश एकको ‘क’ बर्गको सो विद्यालयमा १ हजार विद्यार्थी अध्ययनरत रहेको प्रिन्सिपल सुवालले बताउनुभएको छ ।

विराटनगर महानगरपालिकाभित्र ९३ वटा निजी विद्यालयहरु संचालनमा रहेको जनाइएको छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net