नेरुडे लघुबित्त बित्तिय संस्था लिमिटेडले आर्थिकबर्ष २०७७–७८ मा १९ करोड १० लाख बढी खुद मुनाफा आर्जन गरेको छ ।
उक्त संस्थाले सो अवधिमा ७ अर्ब ९० करोड ऋण लगानी र २ अर्ब ६१ करोड बचत संकलनगरि सम्पुर्ण कारोबार समावेश पछिको खुद मूनाफा १९ करोड १० लाख ६४ हजार ८ सय ४६ रुपैया आर्जन गर्न सफल भएको हो । संस्थाको १५ औं बार्षिक साधारण सभाको अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संचालक समितिका अध्यक्ष डाक्टर भेषप्रसाद धमलाले आर्थिकबर्ष २०७७–७८ मा संस्थाले १ लाख ४८ हजार बत्तीस घरपरिवारमा लघुबित्त सेवा पु¥याई बित्तिय सेवा दिन सफल भएको बताउनुभयो । संस्थाको १५ औं साधारण सभाले सम्पुर्ण शेयरधनिहरुलाई बितरण योग्य मुनाफाबाट २१ दशमलव ४८ प्रतिसत बोनश शेयर र १ दशमलव १३ प्रतिशत नगद लाभांश वितरणगर्ने निर्णय समेत पारित गरेको छ ।
बोनस बितरण पश्चात संस्थाको चुक्ता पुँजी ६० करोड पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले जानकारी दिनुभयो । राष्ट्रियस्तरको नेरुडे लघुबित्त बित्तिय संस्था लिमिटेडले हाल देशभरिका ३१ जिल्लामा १ सय ७ वटा शाखा कार्यालय मार्फत १ लाख ५४ हजार बिपन्न परिवारलाई लघुबित्त सेवा प्रदान गरिरहेको संस्थाका कम्पनी सचिव ऋषिप्रसाद न्यौपानेले बताउनुभयो । सधारण सभाकाबीच उत्कृष्ट लक्ष्य प्रगति गर्ने विभिन्न ४ वटा शाखाहरुलाई नगद सहित सम्मान समेत गरिएको थियो ।
२५ हजार नगद सहित सम्मानितहुने शाखाहरुमा तेतरीया,चिमडी,झुम्का र बोदेबर्साइन रहेका छन ।