किरांत समुदायको माहानपर्व उधौली आजदेखि शुरु भएको छ । विराटनगरस्थित साकेला थानमा आईतबार किरांत समुदायका मानिसहरु भेला भएर नाचगानगर्दै उधौली पर्व मनाउन शुरु गरेका छन ।
किरांत समुदायले प्रकृतिको पुजास्वरुप उभौली र उधौली मनाउदै आएका हुन । उभौली पर्व अन्नबाली राम्रो होस् भनेर पितृदेव तथा भूमिदेवीस“ग पूजा आरधनागर्दै बैशाखे पुर्णिमामा मनाइन्छ भने उधौली पर्व नयां अन्नबाली चढाएर साकेला नृत्यगर्दै मंसिरे पुर्णिमामा मनाउने प्रचलन छ । उधौली पर्व मङसिर पूर्णिमाबाट १५ दिनसम्म मनाउने गरिन्छ भने उभौली पर्व वैशाख पूण्ँिर्माबाट १५ दिनसम्म मनाउने प्रचलन रहेको छ । यसपर्वका अवसरमा सामुहिक रुपमा पूजाआजा साकेलासिली नाच्ने, शुभकामना आदानप्रदान गर्ने र मिठो खानेकुरा खाएर रमाईलो गर्ने चलन रहेको विराटनगर ३ की ज्ञानु राईले बताउनुभयो ।
मङसिरे पुर्णिमादेखि लेकतिर जाडो हुने भएकाले चराचुरुङगी तथा खोलाका माछाहरु वेसीतिर झर्ने भएकाले यस पर्वलाई उधौली पर्ब भन्ने गरिन्छ । उधौली पर्वलाई किरात समुदाय अन्र्तगतका राई जातीले उधौली साकेला, लिम्बुले चासोक तङनाम, याख्खले चास्वा र सुनुवारले तोला ल्होसार पर्वकारुपमा सार्वजनिक स्थलमा जम्मा भई नाचगान तथा पुजाआजागरि धुमधामका साथ मनाउने गर्छन् ।
यस चाडमा चेली माइती भेटघाटगर्ने, आफन्त, नातागोता, कुलकुटुम्बलाई आफ्नो घरमा बोलाएर मिठोमसिनो खुवाउने–खाने चलन छ । यस चाडलाई मेलमिलापको चाडको रुपमा पनि मनाउने गरिन्छ ।