१२ असार २०७९
जनक मेमोरियलले जित्यो अन्तरविद्यालय मिल्सकप नकाउट फूटबल टुर्नामेन्टको उपाधि
December 19, 2021
6:48 pm

विराटनगर ४ पुष । विराटनगरमा आयोजना गरिएको प्रथम जिल्लास्तरिय अन्तरविद्यालय मिल्सकप नकाउट फूटबल टुर्नामेन्टको उपाधि मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित जनक मेमोरियल स्कूलले जितेको छ ।

फार्क क्लब रानी विराटनगर–१५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आईतबार सम्पन्न भएको फाइनलमा विराटनगरको डनबस्को स्कूललाई २ –० गोलले पराजित गर्दै जनकले उपाधि जितेको हो । जनकले उपाधिसँगै नगद १० हजार रुपैयाँको साथै आकर्षक ट्रफिक हात पारेको छ । उपबिजेता बनेको डनबस्को स्कूलले नगद ५ हजार रुपैयाँको साथै ट्रफिमा चित्त बुझायो । जितको लागि जनकका सौगात थारू र अमितकुमार चौधरीले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच डनबस्को अभिषेक कामत घोषित भए ।

प्रतियोगिताको बेस्ट कोच जनकको करण माझी घोषित भए । प्रतियोगिताको हाइस्कोर जनकका सौगात थारु, बेस्ट फरवार्ड गोदावरी स्कूलका केवल राई, बेस्ट मिडफिल्डर डनबस्को विराज रेग्मी, बेस्ट डिफेन्टर जनकका प्रभूनारायण माझी, बेस्ट किपर एभरेष्टका आशुदिप खड्का घोषित भएका छन् । यस्तै वेस्ट प्लेयर जनकका अमित कुमार चौधरी, राइजिङ्ग प्लेयर जेविएरका अनुभव थापा मगर र प्रतियोगिताको अनुशासित टिम डिपिएस स्कूल भयो । मंसिर ४ देखि पुस ४ गतेसम्म भएको प्रतियोगितामा मोरङभरिका १६ वटा विद्यालयले भाग लिएका थिए ।

बिजेता तथा उपबिजेता हुने खेलाडीहरूलाई प्याब्सन मोरङका अध्यक्ष सितला सुब्बा, विराटनगर प्याब्सनका अध्यक्ष मोहन बुढाथोकी, फार्क क्लब रानीका अध्यक्ष धनकुमार तामाङ्ग, संयोजक जितेन्द्र कुमार साह, प्याब्सन मोरङको कोषाध्यक्ष विष्णु डंगोल लागयतले पुरस्कार वितरण गर्नुभयो ।

 

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net