१९ असोज २०७९
बिराट साइन्स क्याम्पस अब मनमोहन प्राबिधिक विश्वविद्यालयले संचालनगर्ने
नवीन कर्ण
December 18, 2021
6:21 pm

विराटनगर ३ पुष । लामो समयदेखी प्रयोगबिहीन र बन्द अवस्थामा रहेको विराटनगर १४ स्थित विराट साइन्स क्याम्पस भवनको संचरना जीर्णोद्वारगरि छिट्टै संचालनमा ल्याउन लागिएको छ । यसअघि निजी गुठीले संचालनगर्दै आएको सो भवनको जीर्णोधारगरि मनमोहन प्राबिधिक विश्वविद्यालयले संचालनमा ल्याउन लागेको हो ।

लामो समयदेखी बन्द र प्रयोगविहीन अवस्थाका कारण विराटनगरको १४ नम्बर वडा जतुवामा रहेको साबिकको विराट साइन्स क्याम्पसको यो भवन दिनानुदिन जीर्ण बन्दै गएको थियो । निजी गुठीको जग्गामा निर्माण गरिएको यो भवनमा २०५० सालबाट विराट साइन्स क्याम्पस संचालन गरिएको भएपनि २०७३ सालयता निरन्तर बन्द रहँदै आएको थियो । स्थापनाकालदेखी नै यो क्याम्पसले शिक्षाक्षेत्रमा ख्याति कमाउन सफल भएपनि क्याम्पसमा अध्यापनरत प्राधापकहरु आ–आफ्नै निजी कलेज स्थापना तथा निर्माणमा जुटेपछि क्याम्पसको अवस्था लथालिङ हुँदै बन्द हुन पुगेको थियो ।

बितेको साउन महिनामा प्रदेश एक सरकारले यो क्याम्पसको संरचना प्रयोग तथा संचालनकानिम्ति मनमोहन प्राबिधिक विश्व विद्यालयलाई हस्तान्तरण गरेपछि अहिले भवनको सरसफाई तथा मर्मत सम्भारको कामलाई अघि बढाइएको छ । प्रदेश एकका सामाजिक विकासमन्त्री जयराम यादवको उपस्थितिमा शनिवार विभिन्न स्थानिय संघसंस्थाहरुले क्याम्पस परिसरको सरसफाई गरेका छन । चालु पुष महिनाभित्रैबाट मनमोहन विश्वविद्यालयले अध्ययनअध्यापन शुरु गराउनेगरि तयारी तीब्र पारिएको मन्त्री यादवले बताउनुभयो ।


लामो समयदेखी रेखदेख र संरक्षण नगरिएका कारण भवनका भित्ता तथा छतमा क्षति पुगेको छ भने कम्पाउण्ड वाल सहितका संरचनाहरु भत्किएका छन । भवन संरचना सहित अन्य भौतिक संरचनाहरुको जीणोद्धारगर्न झण्डै एक करोड रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । भवन जीर्णोद्धार लगत्तै स्थानिय तथा सरोकारवालासंग छलफल गरेर कक्षा संचालन गरिने तयारी गरिएको मनमोहन प्राबिधिक विश्वविद्यालयका उपकुलपति डाक्टर सुभाषश्री पोखरेलले बताउनुभयो ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net