१२ असार २०७९
मोफसलमै पहिलो पटक विराटनगरमा आदिवासी चलचित्र महोत्सव हुने
नवीन कर्ण
December 16, 2021
7:38 pm

विराटनगर १ पुष । विराटनगरमा मोफसलमै पहिलो पटक आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ । संघीय राजधानी बहिर पहिलोपटक विराटनगरमा आउदो पुस ९ र १० गते महोत्सव हुन लागेको हो ।

२ दिनसम्म चल्ने महोत्सव अन्र्तगत प्रदेश एकको राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरु प्रर्दशन हुने कार्यक्रम छ । आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहयर्कायमा महोत्सव हुन लागेको हो । समितिले बिहीकार नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्मेलनको आयोजनागरि सो बिषयमा जानकारी गराएको छ । आदिवासी जनजातिहरुको भाषा,कलासंस्कृति र संस्कारहरुको संरक्षण तथा पर्यटन प्रर्बधनको उद्धेश्यसहित महोत्सव आयोजनागर्न लागिएको आयोजक संस्थाका अध्यक्ष दिप नारायण राजवंशीले बताउनुभयो । राजधानी बाहिर मोफसलमै पहिलोपटक विराटनगरमा महोत्सव आयोजनागर्न लागिएको राजवंशीले जानकारी दिनुभयो ।


महोत्सवमा राजवंशी,थारु,गुरुङ,मगर,माझी,तामाङ,राई,लिम्बु,भुजेल,खवास र शेर्पा भाषाको चलचित्र प्रदर्शनगर्ने कार्यक्रम छ । प्रर्दशन गरिएका चलचित्रहरु मध्येबाट उत्कृष्ट चलचित्रलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिने जनाइएको छ । त्यसकालागि विभिन्न भाषाभाषिको निर्देशक सम्मिलित एक निर्णायक समिति समेत गठन गरिने आयोजक समितिले जनाएको छ । महोत्सव उदघाटनको दिन बिहान ९ बजे आदिवासी जनजातिको पहिचान झल्किने बिभिन्न समुदाय सम्मिलित झाँकी निकालिने कार्यक्रम छ ।

सोहि दिन बिहान ११ बजे प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईले महोत्वसको उदघाटनगर्ने कार्यक्रम छ भने पुस १० गते विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीबाट महोत्सव समापन हुने कार्यक्रम निर्धारण गरिएको आयोजक समितिले जनाएको छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net