१९ असोज २०७९
कृषि तथा पशुपन्छी बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड
December 12, 2021
8:43 pm

विराटनगर २६ मंसिर । कृषि तथा पशुपन्छी विमा कार्यक्रमलाई अझ वढि प्रभावकारी वनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन । विमा कार्यक्रमबारे कतिपय किसानलाई जानकारी नै नभएकाले त्यस बिषयमा सहजीकरण आवश्यक रहेको उनिहरुको भनाई छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई मोरङले विराटनगरमा आईतबार आयोजना गरेको निर्जीवन कृषि तथा पशुपन्छाी बिमा कम्पनीसंगको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो कुरालाई जोड दिएका हुन । कार्यक्रममा वोल्नुहुंदै जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले कृषि पेशालाई व्यवसायिकरण गर्नपनि बिमा आवश्यक रहेको बताउनुहुँदै बिमाको महत्वबारे किसानलाई जानकारी गराउनुपर्ने बताउनुभयो । कृषि बिमावारे जानकारी हुन नसक्दा यस पटकको वेमौसमी वर्षाका कारण किसानले ठुलो क्षति व्योर्हनुपरेको उहाँको भनाई थियो ।


परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख बिनोदकुमार मण्डलले कृषि तथा पशुपन्छी बिमामा सरकाले ८० प्रतिशत प्रिमियम दिएकाले यस बारेमा किसानलाई जानकारी गराउनु आवश्यक रहेको वताउनुभयो । उत्पादन वढाएर किसानको जिवनस्तर उकास्नु परियोजनाको दायित्व भएकाले सरल र सहजरुपले बिमा रकम उपलव्ध गराउन र सवै कृषकलाई विमाको दायरामा ल्याउन कृषि प्राविधिक तथा बिमा कम्पनिहरुले घरदैलो अभियान संचालन गर्नुपर्ने उहाँले वताउनुभयो । प्रमुख मण्डलले परियोजनाले संचालनगर्दै आएको पकेट,ब्लक,जोन तथा सुपरजोन कार्यक्रममा मात्र नभएर अन्य क्षेत्रमापनि कृषि विमा कार्यक्रमलाई विस्तारगर्दै लैजानु जरुरी रहेको समेत वताउनुभयो ।


कृषि विभागका वरिष्ठ कृषि प्रसार अधिकृत शिवसुन्दर घिमिरेले गत आर्थिक वर्षमा कृषि क्षेत्रमा ४२ अर्ब वरावरको विमा भएको जानकारी गराउनुहुँदै प्रत्येक वर्ष बिमाप्रति किसानहरुको आकार्षण बढदै गएको उल्लेख गर्नुभयो । कार्यक्रममा बरिष्ठ कृषि अधिकृत हिकमत श्रैष्ठ, परियोजना कार्यान्वय इकाई झापाका प्रमुख रविन्द्र सुवेदी तथा विमा कम्पनिसंग आवद्ध प्रवीणकुमार कोइराला, खडग श्रेष्ठ तथा गणेश श्रेष्ठ लगायतले विमाको महत्व वारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा सहभागी किसान कोपेन्द्र सिंह,अनरजित सिंह तथा सोहनलाल राजवंशीले पशुपन्छी बिमागर्न सहज भएपनि कृषि बिमागर्न भने त्यति सहज नभएको गुनासो गर्नुभयो । कार्यक्रममा विभिन्न जिल्लाका परियोजना कार्यान्वयन इकाई प्रमुख,कृषि प्राविधिक तथा विमा कम्पनी साथै किसान तथा पशु चिकित्सकहरुको सहभागिता थियो ।

प्रदेस नम्बर १ मा कृषि तथा पशुपन्छी बिमाकालागि १९ वटा बिमा कम्पनीहरुले कामगर्दे आएका छन । २०७० सालदेखी नेपालमा कृषि तथा पशुपन्छी बिमा कार्यक्रम लागु भएको जनाइएको छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net