१२ असार २०७९
अकालमृत्यू वरण गरेकाहरुको मोक्षको कामनासहित विराटनगरमा बुमपाठ शुरु
नवीन कर्ण
December 9, 2021
9:33 pm

विराटनगर २३ मंसिर । विश्व शान्ति तथा कोरोनाका कारण अकाल मृत्यू वरण गरेकाहरुको मोक्षको कामनासहित बिहीबारबाट विराटनगरमा बौद्ध मार्गीहरुको बुम पाठ शुरु भएको छ ।

विराटनगर १६ रानी मिल्स एरियामा रहेको टाशी छ्योइलिङ बौद्ध गुम्बामा यो अनुष्ठान शुरु भएको छ । अनुष्ठानको क्रममा बौद्ध लामाहरुले विश्व शान्ति तथा कोरोनाका कारण अकाल मृत्यू वरण गरेकाहरुको मोक्षको कामनासहित पाँचदिनसम्म बौद्ध धर्मग्रन्थहरुमा उल्लेख गरिएका श्लोक तथा मन्त्रहरुको जाप गर्ने गुम्बाका अध्यक्ष कुमारबहादुर लामाले बताउनुभयो । कोरोना कालमा संक्रमणका कारण हजारौं मानिसहरुको मृत्यू भएको र कतिपयको धार्मिक संस्कार अनुसार सद्गति समेत नगरिएकाले त्यस्ता ब्यक्तीहरुको मोक्षको कामना सहित समेत बुम पाठ आयोजना गरिएको जनाइएको छ ।

भारत मैसुरका एकजना विद्धान लामा गुरुले टाशी गुम्बालाई उपहारस्वरुप प्रदान गरेका बौद्ध धर्मग्रन्थ त्रिपिटक मध्येको एक अंशलाई बुम पाठको क्रममा पाठ गरिरहेका छन । उपहारस्वरुप आएको सो त्रिपिटकको एक अंश १६ वटा ठेलीमा छ । गुम्बास्थित भगवान बुद्धको प्रतिमा सामुन्ने राखिएको उक्त १६ ठेलीमा लाखौं मन्त्र तथा श्लोकहरु अंकित छ । पाँचदिने अनुष्ठान अन्र्तगत सोहि ठेलीहरुको धाराप्रवाह वाचन गरिने कार्यक्रम रहेको गुम्बाका प्रमुख पुजारी प्रेम लामाले जानकारी दिनुभयो ।
बौद्ध धर्मपरम्परा र चलन अनुसार बर्षेनी बुम पाठ गराउनुपर्ने हुन्छ तर विविध कारणले लामो समयपछि मात्र गुम्बाले यसप्रकारको आयोजन गर्न सफल भएको बताइएको छ ।

बुमपाठमा सहभागि हुन चितवन,इलाम र काठमाण्डौ लगायतका क्षेत्रबाट बौद्ध धर्मगुरुहरु विराटनगर आइपुगेका छन । यस धार्मिक अनुष्ठानमा बौद्ध धर्मसंस्कृति अनुसार सुत्र पाठ,महाकाला पाठ,प्रवचन,दिप प्रज्वलन र प्रसाद वितरण लगायतका कार्यक्रम गरिने जनाइएको छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net