१२ असार २०७९
विराटनगरको टाशी छ्योइलिङ बौद्ध गुम्बामा बुम पाठ हुने
नवीन कर्ण
December 4, 2021
5:46 pm

विराटनगर १८ मंसिर । विराटनगरमा बुद्ध धर्मावलम्बीहरुको पाँचदिवसिय धार्मिक अनुष्ठान बुम पाठ आयोजनागर्न लागिएको छ ।

विराटनगर १६ बर्माटोलस्थित टाशी छयोइलिङ बौद्ध गुम्बाले यहि मंसिर २३ गते बिहीबारबाट पाँचदिने बुद्ध बचन प्रज्ञा परिमिता सूत्र पाठ अर्थात बुम पाठ समारोह आयोजनागर्न लागेको हो । गुम्बाले पत्रकार सम्मेलनको आयोजनागर्दै सो बिषयमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्नुहुँदै गुम्बाका कोषाध्यक्ष एवम सुचना अधिकारी अनुपकुमार स्याङबोले विश्व शान्तिको कामना सहित बुम पाठ आयोजना गर्न लागिएको बताउनुभयो । मंसिर २३ बाट २७ गतेसम्म चल्ने धार्मिक अनुष्ठानमा देशभरिबाट आउने २ दर्जन बौद्ध धर्म गुरुहरुले लाखौं मन्त्रहरुको संग्रहको धाराप्रवाह बाचनगर्ने बताउनुभयो ।

गुम्बाका प्रमुख लामा प्रेमबहादुर रुम्बाले बौद्ध धर्मग्रन्थ ‘त्रिपिटक’ अनुसार बुम पाठगर्दा मोक्ष पाउन नसकेका मृत प्राणीहरुले मोक्ष पाउने धार्मिक मान्यता रहेको बताउनुभयो । कोरोना कालमा हजारौं मानिसहरुको मृत्यू भएको र कतिपयको धार्मिक संस्कार अनुसार सद्गति समेत नगरिएकाले त्यस्ता ब्यक्तीहरुको मोक्षको कामना सहित समेत बुम पाठ आयोजनागर्न लागिएको उहाँले बताउनुभयो । आयोजक गुम्बाका अध्यक्ष कुमारबहादुर लामाले बुमपाठमा चितवन,इलाम र काठमाण्डौ लगायतका क्षेत्रबाट समेत धर्मगुरु सहभागि हुन आउने जानकारी दिनुभयो ।

पाँच दिवसिय कार्यक्रम अन्तर्गत सुत्र पाठ,महाकाला पाठ,प्रवचन,दिप प्रज्वलन र प्रसाद वितरण लगायतका कार्यक्रम समेत गरिने उहाँले बताउनुभयो ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net