विराटनगर १८ मंसिर । विराटनगरस्थित श्रृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ औ साधारणसभा सम्पन्न गरेको छ ।
विराटनगरको मुनालपथमा रहेको आफ्नै भवन परिसरमा विविध कार्यक्रमगर्दै सो सहकारीले आफ्नो साधारण सभा सम्पन्न गरेको हो । सो अवसरमा उत्कृष्ट ऋणि तथा बचतकर्तालाई सम्मान गर्नुका साथै नयाँ कार्यसमिति समेत निर्वाचित भएको छ । साधारण सभाको अवसरमा सहकारीले लोकबहादुर बास्कोटा,अन्तराम चौधरी,देवकुमारी हुमागाई,अशोक साह,सुरक्षा थापा र अफरुजा खातुनलाई सम्मान गरेको छ । असल बचतकर्ता र ऋणिकोरुपमा उहाँहरुलाई सम्मान गरिएको संस्थाका अध्यक्ष बुद्धिबहादुर थापाले बताउनुभयो ।
संस्थाले शैक्षिक कर्जा, वैदेशिक कर्जा,पशुपालन, माछापालन तथा तरकारी खेती लगायतमा व्यवसायिक कामकालागि लगानीगर्दै आएको उहाँले बताउनुभयो । यसैबीच साधारणसभाबाट नयाँ नेतृत्व समेत चयन भएको छ । संस्थाको अध्यक्षमा मोहनप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक पुनमकुमार गुप्ताले जानकारी दिनुभयो ।
संस्थाको उपाध्यक्षमा डम्बरबहादुर कार्की, सचिवमा नारायणप्रसाद धमला सहित ११ सदस्यीय कार्यसमिति चयन भएको छ । जसको सदस्यमा उमेश पोखरेल, बसन्तराम चौधरी, साबित्रीदेबी काफ्ले, राधादेवि काफ्ले, केदार कार्की, रामकृष्ण नेपाल, ईन्द्रनारायण श्रेष्ठ र तसलसीराम श्रेष्ठ रहनु भएको छ । यसैगरि ३ सदस्यिय लेखा सुपरीवेक्षण समितिको संयोजकमा निवास पोखरेल,कृष्णकुमारी थापा र लिलानाथ गौतम रहनुभएको जनाइएको छ । सृष्टि सहकारीमा १४१८ जना शेयर सदस्य रहेका छन ।
कार्यक्रममा कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख प्रभु पोखरेल र प्रमुख अतिथी बद्री भट्टराई लगायतले शुभकामना ब्यक्त गर्नुभयो ।