१९ असोज २०७९
निश्चल राय रहस्यमय मृत्यु प्रकरण,विराटनगरमा प्रदर्शन
November 27, 2021
7:12 pm

विराटनगर ११ मंसिर । मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तिमुढास्थित १४ बर्षिय बालक निश्चल रायको रहस्यमय मृत्यु घटनाको अनुसन्धानगरि सत्यतथ्य सार्वजानिक गर्न माग राख्दै विराटनगरमा प्रर्दशन भएको छ ।

रायको रहस्यमय मृत्यु भएको घटनामा प्रहरीले गम्भिरता पुर्वक अनुसन्धान नगरेको भन्दै अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला संगठन समिति मोरङको अगुवाईमा बुढीगंगाका स्थानियले प्रर्दशन गरेका हुन । उनीहरुले शनिवार दिउँसो सन्सारीमाई स्थान परिसरबाट -यालीसहित नगर परिक्रमागर्दै जिल्ला प्रहरी कार्यालय मोरङ सामुन्ने प्रर्दशन गरेका छन । -यालीका सहभागिले हत्यारालाई कारवाही गर र घटनाको सत्यतथ्य सार्वजानिक गर लगायतका माग लेखिएको प्लेकार्ड सहित प्रर्दशन गरेका छन । कात्तिक २२ गते घर नजिकै खेलिरहेको बेला हराएका १४ वर्षे बालक निश्चलको २४ गते बिहान घर नजिकैको सिंघिया खोलामा शव भेटिएको थियो । हराएपछि पटक पटक त्यस ठाउँमा खोजी गरिएको भएपनि फेला नपरेका बालक निश्चलको शव २४ गते बिहान पानीमा बग्दै गरेको अवस्थामा भेटिएको आफ्न्तले जानकारी दिएका छन ।

हराएकैदिन साँझसम्म बालक फेला नपरेपछि प्रहरीलाई खबर गरिएको भएपनि प्रहरीले खोजीका लागि आवश्यक गम्भिरता नदेखाएको पीडित परिवारको गुनासो छ । अपहरणपछि बालकको हत्या भएको हुनसक्ने परिवारले आशंका व्यक्त गर्दै आएका छन् । उनीहरुले घटनाको छानविनगर्न प्रहरीलाई थप गम्भिर हुन आग्रह गरेका छन । पाँच दिन भित्र प्रहरीले सम्पूर्ण विवरण सार्वजनिक नगरे थप  संघर्ष चर्काउने उनिहरुले चेतावनी समेत दिएका छन ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net