विराटनगर ९ मंसिर । विराटनगरस्थित कोशी अस्पतालको ईमर्जेन्सी कक्षमा एकजना वेवारिसे विरामी अलपत्र परेका छन । विरामीलाई इमर्जेन्सी वार्डमा छाडेर कुरुवा सम्पर्क विहीन भएपछि ती विरामीको उपचारमा अस्पतालले समेत चासो नलिएको पाइएको छ ।
धनकुटा–२ अर्खौलेका ३५ बर्षिय अर्जुन सुवेदी गम्भिर विरामीको अवस्थामा मंसिर ५ यता कोशी अस्पतालको ईमर्जेन्सी कक्षमा छन । तर उनको उपचारमा अस्पतालले कुनै चासो नदिएको पाइएको छ । विरामीसंग कोहिपनि कुरुवा नभएका कारण इमर्जेन्सी शाखाले समेत उनको उपचारमा चासो दिएको छैन । गम्भीर विरामी भएपनि उनलाई बेडमा समेत राखिएको छैन । उनि बोल्न नसक्ने अवस्थामा छैनन भने कम्मर माथिको शरिर कामिरहन्छ । ईमर्जेन्सी वार्डको पुर्वी कुनामा झ्याल नजिकैको चिसो भुईमा उनि केहिदिनयता कामिरहेको अवस्थामा बस्ने र रातको समयमा सिमेन्टको चिसो भंईमा सुत्ने गरेको अस्पतालमा आएका अन्य विरामीका कुरुवाहरुले बताएकाछन । काम बिशेषले ईमर्जेन्सी वार्डमा बुधबार पुगेकी मोरङको कटहरी–७ की सामाजिक अभियन्ता सुनिता देवी सरदारले विरामीको दयनिय अवस्था हेरेपछि आफ्नै खर्चमा विरामीकालागि म्याट र एकथान ओढने किनेर दिएको तथा खाना समेत खुवाएको उनले बताएकी छिन ।
त्यसपछि इमर्जेन्सी शाखामा कार्यरत स्वास्थयकर्मी र चिकित्सकसंग सुवेदीको उपचारका बिषयमा जानकारी लिएकी थिईन । प्रत्यूत्तरमा स्वास्थ्यकर्मीहरुले विरामीसंग कुरुवा नभएका कारण औषधी मगाउन र ल्याब परीक्षण गराउन समस्या भएको बताएका थिए । सो बिषयमा प्रतिक्रिया दिनुहुँदै कोशी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले अस्पतालले उपचारमा लापरवाही नगरेको तर विरामी वेवारिसे अवस्थामा भएका कारण समस्या भएको दाबी गर्नुभयो । मेसु दासले ती विरामीलाई पहिलोपटक मंसिर २ गते उनका आफ्न्तले बिष खाएको भन्दै ल्याएको र उपचारपछि लिएर गएको बताउनुभयो । त्यसपछि मंसिर ५ गते फेरीपनि ल्याएर ईमर्जेन्सी वार्डमा छाडेर कुरुवा सम्पर्क विहीन भएको बताउनुभयो । उनका आफ्न्तहरु विराटनगरकै रहेको आफ्नो जानकारीमा आएको उहाँको भनाई छ । वेवारिसे विरामीहरुको जिम्मा विराटनगर महानगरपालिकाले लिनुपर्ने उहाँले बताउनुभयो ।
कुनैपनि निकायले जिम्मा लिन नमानेका कारण सुवेदीको उपचार हुनसकेको छैन भने उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएको छ । कोशी अस्पतालका चिकित्सकहरुले सुवेदीलाई आईसियूमा राख्नुपर्ने अवस्था देखिएको बताएका छन । उनको सम्पुर्ण स्वास्थ्य जाँच हुन नसकेका कारण रोगका बिषयमा समेत खुल्न सकेको छैन । परिचय खुल्न नसकेका सुवेदीका आफ्न्तले इमर्जेन्सी वार्डमा छाडेर सम्पर्क विहीन भएपनि उनि प्रतिकुल अवस्थामा उपचारको अभावमा मृत्यू कुरेर बस्न बाध्य भएका छन ।