विराटनगर २८ कात्तिक । मधेश आन्दोलनका बेला मोरङबाट नेतृत्वदायि भुमिका निर्वाह गर्ने यूवा नेता मृत्युञ्जय कुमार झा जनता समाजबादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन ।
जसपाले शनिवार विराटनगरमा आयोजना गरेको जनजागरण सभाकाबीच पार्टीका केन्द्रीय अध्यक्ष एवम पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले झा लाई टिका माला लगाउँदै पुनः पार्टीमा प्रवेश गराउनुभयो । पार्टी भित्रको असन्तुष्टिका कारण झा तीनबर्ष अघि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी दुई चिरामा बिभाजन भएपछि कुनैपनि समुहमा नलागि झा निस्क्रिय बनेका थिए ।
तत्कालिन मधेशी जनअधिकार फोरमको संस्थापक हुँदै केन्द्रीय सदस्य र मोरङ ईन्चार्ज भएर समेत झा ले लामो समय काम गरिसकेका छन । उनलाई पार्टीमा फर्काउन जसपा नेपालका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताइएको छ । उनलाई पार्टीमा बिगतको जिम्मेबारी तथा मानसम्मानलाई निरन्तरता दिनेगरि पार्टीमा भित्र्याइएको जसपा श्रोतले बताएको छ ।
पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै झाले ढेड दशकको संघर्षले एकात्मक संरचनाको व्यवस्थालाई परिर्वतन गरेर संघीयता हासिल भएपनि फेरीपनि उपलब्धिलाई समाप्त पार्ने खेल शुरु भएपछि उपलब्धी जोगाउन जसपामा सक्रिय भएको बताउनुभयो । संघर्ष गरेर निर्माण गरेको पार्टीलाई वैकल्पिक शक्तिको रुपमा स्थापितगर्न र बाँकी रहेको मधेश आन्दोलनको माग संस्थागतगर्न समेत आफु जसपामा फर्किएको उहाँको भनाई छ ।
सोहि कार्यक्रमकाबीच झा संगै संबिधानसभा सदस्य रमानन्द मण्डल समेत जसपामा प्रवेश गरेका छन । मण्डल तत्कालिन मधेशी जनअधिकार फोरमबाट क्षेत्रनम्बर ४ बाट संबिधान सभामा निर्वाचित भएका थिए । मण्डल पछिल्लो समय मधेशी जनअधिकार फोरम लोकतान्त्रीकमा आबद्ध थिए । उनलाई समेत जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउनुभएको छ ।
यसैबीच झा र यादव संगै तीन सय नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्यागरि जसपामा प्रवेश गरेको जिल्ला अध्यक्ष राजकुमार यादवले बताउनुभयो । पछिल्लो समय सो पार्टीले (सुज) अभियान चलाएर पार्टीको संगठन सुदृढिकरण गरिरहेको छ ।