विराटनगर ३१ असोज । एनएमबि बैंकले प्रदेश एकमा ४ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश राजधानी विराटनगर महानगरपालिका,झुम्का,टंकीसिनवारी र ईनरुवामागरि ४ वटा शाखा विस्तार गरेको हो ।
आईतबार विराटनगरको महेन्द्रचोकका साथै अन्य स्थानहरुमा समेत एकै साथ बैंकको शाखा संचालनकानिम्ति पुजापाठ गरिएको छ । थप गरिएका नयाँ ४ वटा शाखासंगै प्रदेश एकमा एनएमबि बैंकको शाखा संख्या ३० पुगेको छ । सो बैंकले प्रदेश एकमा ४ शाखासंगै आईतबार एकैदिन देशभरिगरि १९ वटा नयाँ शाखा थप गरेको छ । बैंकले प्रदेश एकको ४ शाखा संगै प्रदेश २ मा ६ वटा,प्रदेश ३ मा ६ र प्रदेश ५ मा ३ वटागरि १९ वटा नयाँ शाखा संचालनमा ल्याएको हो ।
नयाँ स्थापित शाखाहरुमा आईतबार पुजापाठ गरि कार्यालय संचालनमा ल्याइएपनि बैंकिङ कारोबार भने सोमबारबाट मात्र हुने एनएमबी बैंकका प्रदेश एक प्रमुख उत्सव घिमिरेले जानकारी दिनुभयो । औद्योगिकक्षेत्रमा मजबुद टेवा पु¥याउने उद्धेश्यसहित बैंकले शाखा बिस्तार गर्दै लगेको घिमिरेको भनाई छ ।
सन २००८ मा विभिन्न ६ वटा बित्तिय संस्था र माईक्रोफाईनान्स कम्पनीहरु मर्ज भएर कमर्शियल बैंककोरुपमा एनएमबीको स्थापना भएको घिमिरेले बताउनुभयो । नयाँ थप गरिएका शाखाहरु समेतगरि सो बैंकको देशभरिको शाखा संख्या २ सय २ पुगेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको ईजाजत प्राप्त गरेको एनएमबि बैंकका हालसम्म ६ लाख ग्राहक रहेको जनाइएको छ ।