प्रदेश नं. १ विराटनगर पुष्पलाल चौकमा पनि यूवा अभियन्ताहरुले संविधान दिवसको अवसरमा दिप प्रजवलन गरेर संविधान दिवस मनाएका छन् । स्थानीय बुद्धिजिवी तथा यूवा राजनितिज्ञ, व्यपारि, सामाजिक अभियन्ता र यूवाहरुको वाक्लो उपस्थितका साथ २०७८-६-३ गतेलाई सरकारले संविधान दिवसको रुपमा घोषणा गरेसगँै संविधानलाई मान्ने र नमान्नेको आफ्नै बहुल्यता भएतापनि प्रदेश नं. १ मा भने विभिन्न जिल्लामा विभिन्न समूहरुले भव्यताका साथ संविधान दिवस मनाए । कसैले विरुवा रोपेर मनाए भने कसैले सरसफाइ गरे तर पुष्पलाल चौकमा भने अलि फरक कार्यक्रम गरि यूवाहरुले अन्तिममा दिप प्रज्वलन गरि संविधान दिवसलाई भव्यताका साथ मनाए ।
देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२”लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो ।
हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्या अनि पसिनाले ल्याइएको यस नेपालको संविधान २०७२ वास्तवमै फलदायी अनि शुभ सावित भएको छ ।
‘सङ्घिय गणतन्त्र’ नेपालको संविधान २०७२ द्वारा नेपाल विधि र गणतान्त्रिक शासनको पथमा अघि बढिसकेको छ । असोज ३ अर्थात् आजकै दिन २०७२ मा घोषणा गरिएको यो संविधानले २०६३ पौष १ गते त्यसबेलाको ने.क.पा. माओवादी लगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापित गरिदिएर पूर्ण संविधान जारी गरेको हो ।
यसपालाको संविधान दिवस अलिक भिन्न परिवेशमा उभिएको छ । संघीय गणतन्त्र नेपालको हरेक तहको निर्वाचनपछि बहुमतका साथ संसदमा उभिएको सरकारको बहुमतको सत्ताको यो तेश्रो वर्ष भन्दा बढि भइसक्दा निकै आरोह अनि अवरोहहरु देखा परेका छ । सरकारका कदम अनि प्रवृतिले नेपालीजनका लागि संवैधानीक व्यवस्था र लोकतन्त्रको पूर्नख्याख्या गर्दछन् ।
विभिन्न प्रगतिका घोतकहरु र कोशेढुगांको प्राप्तिसंगै अनेकन बाधा, प्रकरण र मुद्धाहरुका साथ संघीय गणतान्त्रिक नेपाल यहाँसम्म आइपुगेको छ । यस संविधान दिवसले निर्मला पन्तलाई न्याका लागि पैरवी गर्न सकोस्, भ्रष्टाचारको भण्डाफोर गर्ने र पारदर्शिताको नयाँ आयाम ल्याउन सकोस्, कोभिडसंगको लडाँईमा भएका अनेकन गल्ती र भ्रष्टाचारका प्रकरणलाई पर्दा अघि ल्याउने जमर्को गरोस्, नेपालीजनलाई यस्ता धेरै कुराहरुको अपेक्षा छ ।