१० असोज २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको २५ सदस्यीय वडा कमिटी गठन
September 9, 2021
11:27 pm

विराटनगर, २४ भदौ । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङको संगठन सुदृढिकरण अभियान अन्तर्गत रतुवामाई नगरपालिका वडा नं. २ मा २५ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।

मुक्ति समाजले जिल्लाका १७ वटै स्थानीय तहका सवै वडामा संगठन सुदृढिकरण अभियान तिब्रताका साथ अघि बढाएको छ । सोही अभियान अन्तर्गत झुर्कियामा सम्पन्न २ नं. वडा स्तरीय भेलाले राजकुमार पासवानको अध्यक्षतामा मुक्ति समाजको २५ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

भेलाले उपाध्यक्षमा शनिश्चरीयादेवि काहर, सचिवमा सुरेस पासवान, कोषाध्यक्षमा काजलदेवी काहरलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा ढेला पासवान, राम पासवान, महेन्द्र पासवान, उर्मीलादेवी राम, किरणदेवी पासवान, सुखारु पासवान, माझो पासवान, गोविन्दकुमार पासवान, लिलादेवी राम लगायत रहेका छन् ।

नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल उत्पीडित जातीय मुक्ति समाजका प्रदेश कमिटी सदस्य छत्र बराइली, मोरङ अध्यक्ष किशोर विश्वकर्मा, नेकपा (एमाले) रतुवामाई २ नं. वडा कमिटी अध्यक्ष जिमारत मियाँ लगायतले शुभकामना व्यक्त गरे ।

सो अबसरमा उनीहरुले दलित समुदायका साझा सवालको अगुवाई मुक्ति समाजले गर्दै आएको बताए । उनीहरुले आम दलित समुदाय राजनीतिक रुपमा मुक्ति समाजमा संगठित भएमात्र आफ्ना हक अधिकार स्थापित र कानुन कार्यान्वयन गराउन सफल हुने बताए ।

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा प्याड वेन्डिङ्ग मेसिन र फिल्टर जडान
विराटनगर पुष्पलाल चौकमा संविधान दिवसको अवसरमा दिप प्रजवलन
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय कटहरी गाउँपालिका कमिटी गठन
काेराेना महामारिमा शिक्षककाे जीवन
कांग्रेस–माओवादीमा कार्यकर्ताको खडेरीः मोरङको रतुवामाईमा सिंगो गाउँ एमालेमा प्रवेश
नेकपा (एमाले) मोरङ अध्यक्षमा पुनः ऋषिकेश पोखरेल
हात खालि न जाने आईपीओ निष्काशन
Purwanchal College of Science & Technology को एक परिचय
४ दिने भ्रमण सकेर अमेरिका फर्कदै फातिमा, एमसीसी पनि फिर्ता लग्दै
ताप्लेजुङमा ७२ सदस्यीय नेकपा एकिकृत समाजवादीको जिल्ला कमिटी गठन
जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net