१० असोज २०७८
सुनसरीको बर्जुमा कांग्रेस–माओवादीमा कार्यकर्ताको खडेरी लाग्दै, १२५ जना एमालेमा प्रवेश
August 7, 2021
5:18 pm

विराटनगर, २३ साउन । सुनसरीको बर्जु गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रमा कार्यकर्ताको खडेरी लाग्न थालेको छ । कांग्रेस–माओवादीसहित गठबन्धन सरकारले एक पछि अर्को गर्दै प्रतिगामि कदम चाल्दै जान थालेको भन्दै कार्यकर्तालेहरुले साथ छाड्दै जानथालेपछि कार्यकर्ताको खडेरी परेको हो ।

गठबन्धन सरकारले गरिब, सुकुम्बासी तथा दलितलाई जग्गा उपलब्ध गराउन गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि कांग्रेस–माओवादी सामन्ती पार्टी भएको भन्दै उक्त पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेको संख्या बढेको छ ।

राष्ट्र र जनताका लागि केपीशर्मा ओली नेतृत्वको नेकपा (एमाले)ले मात्र काम गर्ने भन्दै उनीहरु एमालेमा प्रवेश गर्न थालेपछि कांग्रेस माओवादीमा कार्यकर्ताको खडेरी लागेको हो ।

बर्जुमा शनिबार मात्र कांग्रेस–माओवादी पार्टी परित्याग गरि सयौँ कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । शनिबार एक कार्यक्रमकाबीच कांग्रेस–माओवादी त्याग गरि १ सय २५ जना एमालेमा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई पूर्वराज्य मन्त्री नेकपा (एमाले) केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज भागवती चौधरीले टिका र खादा लगाएर स्वागत गरिन् ।

सो अबसरमा नवप्रवेशीहरुले माओवादी अस्थिरतामा रमाउने अवसरवादी पार्टी भएको र कांग्रेस भ्रष्टाचारीको संरक्षक र गरिब मारा पार्टी रहेको पुष्टि भएकाले एमालेमा प्रवेश गरेको बताए ।

नेकपा (एमाले) बर्जु गाउँपालिकाका अध्यक्ष दिलकुमार गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । पार्टी प्रवेश कार्यक्रमको नेतृत्व अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बर्जु गाउँ कमिटी संयोजक इन्जीनिर सद्दाम अन्सारीले गरेका थिए ।

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा प्याड वेन्डिङ्ग मेसिन र फिल्टर जडान
विराटनगर पुष्पलाल चौकमा संविधान दिवसको अवसरमा दिप प्रजवलन
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय कटहरी गाउँपालिका कमिटी गठन
काेराेना महामारिमा शिक्षककाे जीवन
कांग्रेस–माओवादीमा कार्यकर्ताको खडेरीः मोरङको रतुवामाईमा सिंगो गाउँ एमालेमा प्रवेश
नेकपा (एमाले) मोरङ अध्यक्षमा पुनः ऋषिकेश पोखरेल
हात खालि न जाने आईपीओ निष्काशन
Purwanchal College of Science & Technology को एक परिचय
४ दिने भ्रमण सकेर अमेरिका फर्कदै फातिमा, एमसीसी पनि फिर्ता लग्दै
ताप्लेजुङमा ७२ सदस्यीय नेकपा एकिकृत समाजवादीको जिल्ला कमिटी गठन
जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net