२५ बैसाख २०७८
ग्यास अभाव हुँदैन, चाहिनेभन्दा बढी खरिद नगर्नुस्
April 27, 2021
1:24 pm

निषेधाज्ञा लागू गर्ने सरकारको निर्णय आएसँगै अहिले ग्यास डिलरहरूमा उपभोक्ताको भीड लाग्न थालेको छ ।

यसअघि शुक्रबार नै एलपी ग्यास उद्योग संघले खाली सिलिण्डर भर्न भनेपछि व्यवसायीहरू स्टकमा राख्न हतारिएका हुन् ।

ग्यास बिक्रेता भने एक महिनाका लागि झारेका सबै ग्यास दुई दिनमै बिक्री भइसकेको भन्दै आवश्यकभन्दा धेरै खरिद नगर्न उपभोक्तालाई आग्रह गर्दै आएका छन् ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ग्यास आयातमा कुनै समस्या नभएको हुँदा भोलिका दिनमा ग्यास अभाव नहुने बताउँछन् । उनले सर्वसाधारणलाई खाली सिलिण्डर भर्न आग्रह गरे पनि उपभोक्ताहरू स्टकका लागि सिलिण्डर खरिद गर्दा कृत्रिम अभाव सिर्जना हुन सक्ने बताउँछन् ।

ग्यासबिक्रेता राधे चौधरी एउटा ग्राहकले दुईदेखि चारवटासम्म ग्यास किन्न थालेको बताउँछन् ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net