२९ चैत्र २०७७
नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डोज खोप
March 29, 2021
11:47 am

काठमाडौं, चैत १६ । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ ।

बिहान ८ बजेर ४२ मिनेट जाँदा चीनले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको विमानस्थल कार्यालयले जनाएको छ । खोप लिनका लागि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी विमानस्थल पुग्नु भएको छ ।

खोप र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज हिजो चीनको बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखा प्रमुख डाक्टर झलक गौतमका अनुसार चीनको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोपको ८ लाख डोज नेपाललाई अनुदानमा आएको हो ।

यो खोप पनि कोभिसिल्ड जस्तै दुई मात्रामा लगाउनुपर्ने डाक्टर गौतमले बताउनुभयो । यो खोप कसरी र कस्ता व्यक्तिका लागि लगाउने भनेर स्वास्थ्य मन्त्रालयले छलफल गरिरहेको छ ।

पहिलो डोज लगाएकाले दोस्रो डोज पनि त्यही कम्पनीको खोप लगाउनु पर्ने भएकाले चीनबाट ल्याउने यो खोप, खोप नलगाएकाहरुलाई दिइने छ । तर कहिले र कसरी, कुन समूहलाई खोप दिने भन्ने निश्चित भएको छैन ।

मोरङमा पनि नेपाल समूहले गठन गर्‍यो समानान्तर कमिटी
प्रदेश १ : पुनर्नियुक्त मन्त्री आङ्बुहाङले लिए सपथ
दलित समुदायमाथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयनमा जोड
थ्री नेसन्स कप : बंगलादेशलाई हराउँदै नेपाल बन्यो विजेता
नेपाल र रावल एमाले पार्टीबाट निलम्बित
अत्याधिक वायु प्रदुषणका कारण चार दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय
नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डोज खोप
मह जोडी बने महामूर्ख, प्रदेशमन्त्री जितेन्द्र सोनल मूर्ख शिरोमणि घोषित
तराईमा होली आज, हराउँदैछ मौलिकता
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको बैठक पर्यटकीय क्षेत्र जेफालेमा सम्पन्न
जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net