०३ असार २०७८
कटहरी गाउँपालिकामा बजेटको दुरुपयोग, जेष्ठ नागरिकको बजेटबाट जनप्रतिनिधि र कर्मचारी गरे भ्रमण
March 3, 2021
4:37 pm

विराटनगर, १९ फागुन । मोरङको कटहरी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा बजेटको दुरुपयोग हुने गरेको पाइएको छ । लक्षित बर्गका लागि बिनियोजित बजेट लक्षित बर्गलाईनै बेवास्ता गर्दै सो गाउँपालिकाले बजेट दुरुपयोग गरेको फेला परेको हो ।

जेष्ठ नागरिकहरुका लागि विनियोजन गरेको बजेट दुरुपयोग गर्दै कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको जम्बो टोली भ्रमण गरेर आएको पाइएको हो । कोरोना महामारीले स्थानीय तहका दर्जनौं योजना सञ्चालन गर्न नसक्ने अवस्था उत्पन्न भएको बेला गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा गाउँपालिकाको टोली भ्रमणमा निस्किएको थियो ।

कोरोनाका कारण राजश्व आम्दानीमा गिरावट आएपछि सरकारले पूँजीगत खर्चमा ब्यापक कटौति गरेको छ । प्रदेश सरकारले साधारण तर्फको योजना ५० प्रतिशतले कटौति गरी खर्च व्यवस्थापन गर्ने प्रयत्न गरेको छ । तर, कटहरी गाउँपालिका भने जेष्ठ नागरिकका लागि छुट्याएको रकम जनप्रतिनिधि र कर्मचारीलाई घुमाउनमा खर्च गरिरहेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

बजेटमै समुदाय लक्षित कार्यक्रममा विनियोजन गरिएको शिर्षकलाई अन्यथा प्रयोजनमा खर्च गर्नु बजेटको दुरुपयोग भएको भन्दै स्थानीयले विरोध जनाएका हुन् । जुन समुदायलाई लक्षित गरेर बजेट बनेको हो त्यसमा खर्च नगरी अन्यत्र खर्च गर्ने कार्य गलत भएको स्थानीय अगुवा एवम नेकपाका नेता मृत्यञ्जयकुमार झाले बताए । ‘कटहरी गाउँपालिकामा एकदमै बेथिती छ । बजेट र श्रोत साधनको दुरुपयोग हुँदै आएको छ । हामीले त्यसको निरन्तर विरोध गर्दै आएका छौँ ।’ उनले भने,‘जेष्ठ नागरिकका लागि बजेट बिनियोजन गरेपनि एक जना पनि जेष्ठ नागरिकलाई भ्रमणमा लगिएको छैन । बजेटको यो भन्दा चरम दुरुपयोग अरु के हुनसक्छ ?’

कटहरी गाउँपालिकाले प्रकाशित गरेको योजना पुस्तिकाको पेज नम्बर १५६ मा सामाजिक विकास कार्यक्रम अन्तरर्गत जेष्ठ नागरिक अवलोकन भ्रमण शिर्षकमा ६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले सोही शिर्षकबाट खर्च गर्ने गरी अध्यक्ष रामकुमार कामत, प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापा, वडाध्यक्षहरु कपुरलाल माझी, जद्धुुलाल कामत तथा लेखा शाखाका कर्मचारीहरु, प्राविधिकसहितको टोली र उनीहरुका आफन्तसहित पाँचदिने भ्रमणमा गएर आएको हो ।

गाउँपालिकाका उपाध्यक्ष मन्जिताकुमारी सरदार भने भ्रमणमा सहभागी भइनन् । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु अन्य स्थानीय तहहरुको अध्ययन भ्रमणका लागि गएको उपाध्यक्ष मन्जिताकुमारी सरदारले जानकारी दिइन् ।
अन्य प्रदेशका स्थानीय तहहरुसँग अनुभवहरुका बारेमा अन्तरक्रिया गर्ने उद्देश्यले भएको भ्रमणलाई अन्यथा लिन नहुने उनले बताइन् । उपाध्यक्ष सरदारले यात्राको एकदिन अघिमात्र भ्रमण स्थगित गरेकि थिइन् । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी बाहेकका व्यक्तिहरुसमेत भ्रमणमा सहभागी हुने भएपछि उनले भ्रमण स्थगित गरी गाउँपालिकाको कामलाई निरन्तरता दिएकी थिइन् ।

जनप्रतिनिधि र कर्मचारीको वृत्ति विकासका लागि भ्रमण स्वभाविक भएपनि भ्रमणसूचिमा नभएका व्यक्ति सहभागी हुने जानकारी पाएपछि भ्रमण स्थगित गरेको उनले बताइन् । भ्रमणमा कतिपय जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो परिवारका सदस्यहरुलाई पनि लगेका थिए ।
उपाध्यक्ष सरदारले गाउँपारिषदको बेलामा जनप्रतिनिधि र कर्मचारी भ्रमणकै लागि भनेर छलफल गरि बजेट विनियोजन गरेको तर बजेट पुस्तिकामा भने प्राविधिक त्रुटीका कारण जेष्ठ नागरिक अध्ययन भ्रमण भन्ने शिर्षक पर्न गएको दावी गरेकी छन् ।

‘हामीले बजेट बनाउँदा परिषदमा अन्य गाउँपालिकाहरुसँग अनुभव साट्ने उद्देश्यलेनै यो शिर्षकमा छलफल गरेका थियौं,’ उनले भनिन् ‘तर बजेट पुस्तिकामा फरक शिर्षकमा छापिएछ ।’

उनले कटहरी गाउँपालिकाले जेष्ठ नागरिकहरुका लागि यो बाहेक अरु कुनै कार्यक्रम नबनाएको बताइन् । उता गाउँपालिका अध्यक्ष रामकुमार कामतले भ्रमणकै लागि विनियोजित रकमबाट आफुहरु भ्रमणमा निस्कीएको दावी गरेका छन् ।

‘देशका भिन्न पालिकाहरुको अवलोकन भ्रमणमा गएर त्यहाँको अनुभव आदान प्रदान गर्नका लागि हामीले गाउँपरिषदबाटै अवलोकन भ्रमणको कार्यक्रमनै राखेका थियौँ ।’ उनले भने,‘यो जेष्ठ नागरिकको बजेट होइन ।’ जनप्रतिनिधि, कर्मचारीको जम्बो टोली मनाङ, मुस्ताङलगायत देशका विभिन्न स्थानमा भ्रमणमा पुगेर आएको जनाइएको छ ।

कोरोना संक्रमणबाट विराटनगरमा थप तीन जनाको मृत्यु
बीपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमित युवकको मृत्यु
व्यवसायीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन विराट व्यापार संघको माग
विराटनगरमा भूकम्पको धक्का महसुस
कोरोना संक्रमणबाट विराटनगरमा दुई जनाको मृत्यु
विराटनगरका थप एक संक्रमित पुरुषको वीपी प्रतिष्ठानमा मृत्यु
ग्यास अभाव हुँदैन, चाहिनेभन्दा बढी खरिद नगर्नुस्
कोसी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए, माग पुरा गर्न मन्त्रालयलाई एक साताको अल्टिमेटम
बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु
सुर्खेतमा उपचाररत जुम्लाका कोरोना संक्रमित पुरुषको मृत्यु
जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net