२९ चैत्र २०७७
योगेश भट्टराईको नेतृत्वमा ताप्लेजुङका अग्निपीडितले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र
March 3, 2021
3:37 pm

ताप्लेजुङ दोभान बजारका अग्निपीडितले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका छन् । दीर्घकालीन पुनर्स्थापनाको लागि भुकम्पपीडित सरह सहयोग उपलब्ध गराउन माग गर्दै उनीहरूले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ताप्लेजुङको मिरिङदेन गाउँपालिका- ३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेर नष्ट भएका थिए । उक्त आगलागीमा परी डेरावालसहित ७९ परिवार विस्थापित भएका छन् ।

ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाइएको हो । अग्निपीडितले सांसद भट्टराईको संयोजकत्वमा दोभान बजार अग्निपीडित राहत तथा सहयोग समिति गठन गरेका छन् ।

आगलागीका कारण आवासविहीन भएका पीडितलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने, पहाडी भेगको बजारहरूमा आगलागीबाट हुने जोखिम र क्षति न्यूनीकरण गर्न दमकल तथा पानी ट्यांकीको व्यवस्थापन गरिदिन तथा पीडितको हितमा व्यवस्थित शहरी विकास आयोजनाको व्यवस्था गर्न माग गरिएको भट्टराईले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले ताप्लेजुङका अग्निपीडितका लागि राहत र उद्धारको काम सुरु भइसकेको बताए । सोमबार नै टेन्ट, ब्याल्यांकेट पठाइएको र मंगलबार खाद्यान्नलगायतका अन्य सामग्री पठाइने थापाको भनाइ छ । आवासका लागि भूकम्पपीडितसरहको मापदण्डका आधारमा आवश्यक रकम उपलब्ध गराउने थापाले बताए ।

तत्काल राहतस्वरुप गृह मन्त्रालयले प्रतिपरिवार १५ हजार रुपैयाँको दरले रकम पठाएको जानकारी दिँदै मन्त्री थापाले कार्यविधि सच्याएर अग्निपीडितको आवास निर्माणका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउने बताए ।

मोरङमा पनि नेपाल समूहले गठन गर्‍यो समानान्तर कमिटी
प्रदेश १ : पुनर्नियुक्त मन्त्री आङ्बुहाङले लिए सपथ
दलित समुदायमाथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयनमा जोड
थ्री नेसन्स कप : बंगलादेशलाई हराउँदै नेपाल बन्यो विजेता
नेपाल र रावल एमाले पार्टीबाट निलम्बित
अत्याधिक वायु प्रदुषणका कारण चार दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय
नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डोज खोप
मह जोडी बने महामूर्ख, प्रदेशमन्त्री जितेन्द्र सोनल मूर्ख शिरोमणि घोषित
तराईमा होली आज, हराउँदैछ मौलिकता
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको बैठक पर्यटकीय क्षेत्र जेफालेमा सम्पन्न
जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net