विराटनगर, ३० माघ । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियामा अज्ञात समूहले एक घरमा आगो लगाइ अर्को घरमा चोरीको गरेको छ । बिहीबार राती अज्ञात समूहले स्थानीय बीरबहादुर विश्कर्माको घरमा आगो लगाई उनको छिमेकी कृष्ण विशङ्खेको घरमा चोरीको गरेको हो ।
आगलागीबाट विश्वकर्माको दुई तले घर जलेर पूर्णरुपमा क्षति हुँदा करिब १ लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ । यता चोरी भएको विशङ्खेको घरको सामान घरको केही नजिकै फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए । आगलागी र चोरीमा संगलग्नको खोजी भई रहेको प्रहरीले जनाएको छ ।