२० फाल्गुण २०७७
अमेरिकी राष्ट्रपति बाइडेनले लगाए म्यानमारका सैनिक नेताहरूलाई प्रतिबन्ध
February 11, 2021
4:07 pm

म्यानमारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसले विरोध जारी राखिरहेको अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले कू गर्ने म्यानमारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार व्यवसायप्रति लक्षित हुने बताइएको छ । अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चालिँदैछ ।

कूविरुद्ध प्रदर्शनका क्रममा मंगलबार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्अस्थित एउटा अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका बेला अमेरिकाले प्रतिबन्धको कदम चालेको हो । अमेरिकी राष्ट्रपति बाइडेनले सेनालाई आफ्नो कदम फिर्ता लिन र आङ सान सु चीसहित जननिर्वाचित नेताहरूलाई रिहा गर्न माग गरेका छन् ।

मंगलबार प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा गोली प्रहार गरेका थिए । म्यान्मारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन् । तर ठूला जमघटहरू गर्न नपाइने नियम तथा रात्रिकालीन कर्फ्यूको अवज्ञा गर्दै मानिसहरूले सेनाको विरोधमा प्रदर्शन गर्न छोडेका छैनन् । अहिले म्यान्मारमा राति ८ बजेदेखि बिहान ०४ बजेसम्म देशभरि निशेधाज्ञा लागू गरिएको छ ।

आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधा उपयोग गर्न राजश्व कार्यालयको आग्रह
कटहरी गाउँपालिकामा बजेटको दुरुपयोग, जेष्ठ नागरिकको बजेटबाट जनप्रतिनिधि र कर्मचारी गरे भ्रमण
म्यानमारमा सेनाले चलायो प्रदर्शनकारीमाथि गोली, ६ जनाको मृत्यु
प्रचण्ड-माधव समूहले गर्‍यो सुवास नेम्वाङसहित ओली पक्षीय सात नेतालाई निलम्बन
प्रदेश १ मा प्रदेशसभा बैठक फेरि सारियो, अर्को बैठक २ चैतमा
‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’
पशुपतिनाथमा विशेष पूजा फागुन २५ देखि सुरु हुने
योगेश भट्टराईको नेतृत्वमा ताप्लेजुङका अग्निपीडितले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र
सुनवर्षीमा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु, २ जना घाईते
भरतमोहन अधिकारीको दोस्रो स्मृती दिवसका अवसरमा १ सय २५ जना जेष्ठ नागरिक सम्मानित
जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net