२४ फाल्गुण २०७७
झापा र मोरङबाट ब्राउनसुगरसहित ८ जना पक्राउ
January 19, 2021
12:11 pm

विराटनगर, ६ माघ । झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरोहिरोईन र लागुऔषध ट्याब्लेट सहित ८ जना पक्राउ परेका छन ।

मोरङको रतुवामाई नगरपालिकाबाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । सोमबार साँझ रतुवामाई नगरपालिका–४ स्थित आमबाडीबाट दुई जना खैरोहिरोईन सहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रतुवामाई–२ झुर्कियाका ४२ बर्षीय मोहम्मद रफिक मिया र भारत अररिया जिल्ला कुचहा धाताका २२ बर्षीय मोहम्मद नवाब आलम रहेका छन ।

भारतिय नम्बर प्लेट BR37U 5823 लेखेको मोटरसाइकलमा सवार उनिहरुलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १२६ ग्राम १४ मिलिग्राम ब्राउनसुगर कबरमद गरिएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरिक्षक विष्णु खड्काले जानकारी दिए । उनले पक्राउ परेको व्यक्तिहरुका सम्बन्धमा आवश्य कारवाही अघि बढाइएको बताए ।

त्यसैगरी झापाको मेचीनगर नगरपालिका–६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । सोमवार बेलुका ६ बजे धरान उप–महानगरपालिका–१७ का २४ बर्षीय ईश्वर थापा र पाँचथरको हिलिहाङ गाउँपालिका–२ का २८ बर्षीय अरुण सुब्बालाई ५० ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–३ का २० बर्षीय समिर तामाङ र २२ बर्षीय नविन लिम्बुलाई १ ग्राम ६०० मिलिग्राम ब्राउनसुगर सहित सोमवार अपरान्ह ५ बजे बेलडागीबाट पक्राउ गरेको हो ।

त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको बुद्धाशान्ति गाउँपालिका–४ का २२ बर्षीय प्रवेश माझीलाई ६ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सोमवार दिउँसो माझिलाई किरात चोकबाट पक्राउ गरेको हो ।

यस्तै इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–५ का १५ बर्षीय रमेश राजवंशीलाई लागुऔषध लुपिजेसिक ३० सिसि, डाईजोपिन ३० सिसि र प्रोमोथाईजिन ३० सिसि गरि जम्मा ९० सिसि सहित मेचीनगर नगरपालिका–६ बाट पक्राउ गरेको छ। लागुऔषध सहित पक्राउ परेका आठै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

माधव नेपाल समूह एमालेमै फर्किने, अब एमाले र माओवादी अलग–अलग
प्रदेश १ सरकारद्वारा अन्तराष्ट्रिय महिला दिवसमा १३ जना सम्मानित
यसरी ब्युँतियो विराटनगरमा नेकपा (एमाले) मोरङको पार्टी कार्यालय
करेन्ट लागेर सह–चालकको मृत्यु
नेपालको राजनीतिमा महिलाको उच्च सहभागिताले विश्वमै उदाहरणीय कदम सावित : प्रधानमन्त्री ओली
आज केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने
सभामुखले बैठक सुरु गर्न ढिलाइ गरेपछि संसद् भवनबाट बाहिरिए प्रधानमन्त्री ओली
प्रधानमन्त्रीका सल्लाहकारले भने– हामी अब ०७५ जेठ २ को अवस्थामा फर्केका छौँ
प्रचण्डको षडयन्त्र र माधवको कुण्ठा पराजित
सुर्य चिन्ह प्रधानमन्त्री ओलीलाई
जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net