विराटनगर, २७ पुस । मोरङको कटहरी गाउँपालिकाका नेकपा प्रचण्ड–नेपाल समुहले आन्दोलन परिचालन समिति गठन गरेको छ । युवा नेता मृत्युञ्जयकुमार झाको नेतृत्वमा ३०१ सदस्यीय आन्दोलन परिचालन समिति ठगन गरेको हो ।
प्रतिनिधिसभा विघटनका विरुद्धमा संघर्ष गर्न आन्दालन परिचालन समिति गठन गरिएको हो । प्रचण्ड–नेपाल पक्षको कटहरीमा सम्पन्न अभुमुखिकरन तथा प्रशिक्षण कार्यक्रमसहित आन्दालन परिचालन समिति ठगन भएको नेता झाले बताए ।
नेकपा प्रदेश १ कमिटी सदस्य तथा मोरङ क्षेत्र नम्बर ४ (ख) का इन्चार्ज झा संयोजक रहेको आन्दोलन परिचालन समितिको सह–संयोजक जिल्ला कमिटी सदस्य तथा कटहरी इन्चार्ज प्रदिप साह रहेका छन् ।
कटहरीका सातवटै वडा कमिटीहरु सम्पुर्ण, युवा, महिला, किसान, विद्यार्थी मजदुर लागायत का जनबर्गिय संगठनहरु समेत रहने गरि ३०१ सदस्य आन्दोलन परिचालन समिती गठन गरिएको नेता झाले बताए ।
्कार्यक्रममा प्रमुख अतिथी आन्दोलन निर्देशन समिती मोरङ क्षेत्र ४ का संयोजक तथा नेकपा केन्द्रीय सदस्य जिवन घिमिरे, केन्द्रीय सदस्य तथा मोरङ सह–इन्चार्ज महेस रेग्मी, प्रदेस सदय तथा मोरङ क्षेत्र नं. ४ इन्चार्ज अमनलाल मोदी लगायत जिल्ला कमिटी सदस्यहरुले बर्तमान राजनैतिक परिस्थिति र आगामी कार्यभार बिसयमा भेला लाई सम्बोधन गरेका थिए ।
कार्यक्रमको अध्यक्षता गाउँ पार्टी सचिवालय सदस्यसुमन सरदारले गरेका थिए भन्ने स्वागत पार्टी सचिब योगेन्द्र यादबले गरेका थिए । कार्यक्रम संचालन गाउँ पार्टी कार्यालय सदस्य किशोर पान्डेले गरेका थिए । उनीहरुले प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलन गर्नुपर्नेमा जोड दिएका थिए ।