२७ चैत्र २०७७
१० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्छौं : मन्त्री रावल
December 31, 2020
10:25 am

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने बताएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कर्णाली प्रदेश खेलकूद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यको ‘पद तथा गोपनीयताको शपथ ग्रहण’ कार्यक्रममा मन्त्री रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको लागि अब संरचना निर्माणमा प्रदेश सरकार लाग्ने बताए ।

‘प्रदेश सरकार अब सो खेलकूद प्रतियोगिता सम्पन्न गर्नका लागि पूर्वाधार विकासमा लाग्छ’, मन्त्री रावलले भने, ‘हाम्रासामु निकै महत्वपूर्ण भूमिका र चुनौती दुवै छन् ।’

खेल क्षेत्रमा कार्यरत व्यावसायिक जनशक्ति राम्रो र प्रभावशाली टोली भएकाले यसले खेल क्षेत्रमा केही गर्छ भन्ने पूर्ण अपेक्षा गरेको उनले जिकिर गरे ।

उनले भने, ‘बुधबारदेखि पूर्णता प्राप्त गरेको परिषद्ले खेलकूद संरचना निर्माण गर्दै जाने र कुन जिल्लामा कुन खेल खेलाउन सकिन्छ भन्ने कुराको नक्साङ्कन गर्नुपर्दछ ।’

लामो प्रयास र छलफलपछि खेल क्षेत्रमा कार्यरत व्यावसायिक जनशक्ति समावेश गरी प्रदेश परिषद् गठन गरेर प्रदेश सरकारले परिषद्को पदाधिकारी तथा सदस्य नियुक्त गरिसकेकाले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता भव्यरूपमा सम्पन्न हुने आशा गरिएको उनको भनाइ थियो ।

उनले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा १० हजार मान्छे अट्ने प्रदेशस्तरको रङ्गशाला निर्माण गर्ने लक्ष्य लिएको भन्दै प्रतियोगिता सञ्चालन र संरचना निर्माणका विषयमा राष्ट्रिय खेलकूद परिषद्सँग पनि छलफल भएको जनाए । मन्त्री रावलले नवनियुक्त पदाधिकारी तथा सदस्यको कार्यकाल पूर्ण सफलताको शुभकामना प्रदान गरेका थिए ।

मोरङमा पनि नेपाल समूहले गठन गर्‍यो समानान्तर कमिटी
प्रदेश १ : पुनर्नियुक्त मन्त्री आङ्बुहाङले लिए सपथ
दलित समुदायमाथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयनमा जोड
थ्री नेसन्स कप : बंगलादेशलाई हराउँदै नेपाल बन्यो विजेता
नेपाल र रावल एमाले पार्टीबाट निलम्बित
अत्याधिक वायु प्रदुषणका कारण चार दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय
नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डोज खोप
मह जोडी बने महामूर्ख, प्रदेशमन्त्री जितेन्द्र सोनल मूर्ख शिरोमणि घोषित
तराईमा होली आज, हराउँदैछ मौलिकता
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको बैठक पर्यटकीय क्षेत्र जेफालेमा सम्पन्न
जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net