०७ माघ २०७७
विराटनगरको सीमा क्षेत्रबाट २ सय केजी अबैध कुखुरा बरामद
December 19, 2020
6:22 pm

विराटनगर, ४ पुस- सीमावर्ती भारतीय बजारबाट अवैधरुपमा भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको दुई सय केजी बोइलर कुखुरासहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार छुट्टा छुट्टै समयमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको दुई सय केजी कुखुरासहित छ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा विराटनगर–१५ का मिल्स एरियाका १८ बर्षीय सजात मियाँ, परवेज आलम, इजान आलम, १७ वर्षीय सिराज मियाँ र श्रवण आलम रहेका छन् ।

शनिबार विहान पौने १० बजे विराटनगर–१४ स्थित जतुवा नहरबाट भारतको अररियाका २४ वर्षीय मो.आतिवलाई ९० केजी काटेको बोईलर कुखुरा जोवनीबाट नेपालतर्फ ल्याई रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

त्यसैगरी शनिबार दिउँसो १२ बजेतिर विराटनगर–१५ मिल्स एरिया स्थित जुटमिल छेउमा भारतको जोगवनीबाट नेपालतर्फ ५ वटा साईकलमा झोलामा राखी १ सय १० केजी बोईलर कुखुरा ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पाँच जनालाई पक्राउ गरेको थियो । बरामद गरेको बोइलर कुखुरा स्थानीयको रोहोवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

लेटाङका पाँच सहकारीबिच एकिकरण
गायक सुमित खड्काको राष्ट्रिय गीतको एल्बम ‘देशको आवाज’ विमोचन
नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा डा. सिलवाल निर्वाचित
पार्टी कमिटीहरू तत्काल पुनर्गठन गर्न प्रधानमन्त्री ओलीको निर्देशन
नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडपपछि रूकुम पश्चिममा निषेधाज्ञा
प्रहरी निरिक्षक ‘नायक’ भए सर्वोउत्कृष्ट प्रहरी
सुनसरीको सिमरियामा दुर्घटना, तीन जनाको मृत्यु
प्रदेश १ : नेकपाको आधिकारिक विभाजनपछि मात्रै कसलाई सघाउने भन्नेबारे कांग्रेसले निर्णय लिने
प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, बुधबार फेरि सुनुवाइ
झापा र मोरङबाट ब्राउनसुगरसहित ८ जना पक्राउ
जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net