०६ माघ २०७७
भारत इतिहासमै पहिलो पटक ३६ रनमा अल आउट
December 19, 2020
12:36 pm

एजेन्सी, ४ पुस-अष्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा भारत दोस्रो पारिमा मात्र ३६ रनमा अलआउट भएको छ । टेष्ट क्रिकेटको इतिहासमा भारतको एकै पारीमा कम रनमा अलआउट भएको यो पहिलो पटक हो ।

अष्ट्रेलियाविरुद्धको पहिलो टेष्टको दोस्रो पारीमा भारत मात्र २१ ओभर दुई बलमा ३६ रनमा अलआउट भयो । टेष्ट क्रिकेटको इतिहासमा भारतको यो अहिलेसम्म कै न्यून योगफल हो । यस्तै टेष्ट क्रिकेटमा समग्रतामा यो चौथो कम स्कोर हो ।

यसअघि १९९५५ मा इंग्ल्याण्डविरुद्ध न्यूजिल्याण्ड २६ रनमा अलआउट भएको थियो भने त्यसपछि लगातार चार पटक दक्षिण अफ्रिका कम स्कोरमा अलआउटभएको थियो । त्यसमा तीन पटक इंग्ल्याण्डसँग र एक पटक अष्ट्रेलियासँग अलआउट भएको थियो ।

भारतको समान स्कोरमा अलआउट हुने अर्को देश अष्ट्रेलियापनि हो । उसले इंग्ल्याण्डविरुद्ध १९०२ मा ३६ रन मात्र बनाउन सकेको थियो । तर यसपटक भारत अष्ट्रेलियन भूमीमा ध्वस्त हुन पुग्यो । पहिलो पारीमा दुई सय ४४ रनमा अलआउट भएको भारतविरुद्ध अष्ट्रेलिया आफ्नो पहिलो पारीमा एक सय ९१ रनमा समेटिएको थियो ।

तर दोस्रो पारीमा भारत मात्र ३६ रनमा अलआउट भएपछि अष्ट्रेलिया पहिलो पारीमा जितको नजिक रहेको थियो । दोस्रो पारीमा भारतका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसका लागि सर्वाधिक रन मायांक अग्रवालले बनाए । भारतको पारीलाई ध्वस्त बनाउन जोस हेजलहुडले पाँच तथा प्याट कुमिन्सले चार विकेट लिए ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net